• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

शून्य समयमा सांसदहरुः निल गाईलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गर्नुपर्नेदेखि तुइन विस्थापित गर्नुपर्ने मागसम्म

64x64
नेपाल लाइभ सोमबार, चैत १९, २०८०  १३:३५
1140x725

काठमाडौं– प्रतिनिधि सभा सदस्य अनिशा नेपालीले सरकारको प्रतिबद्धता अनुसार तुइन विस्थापित हुन नसकेको भन्दै सम्बन्धित ठाउँमा पुलको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्। 

सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य नेपालीले २०७२ सालमा तुइन विस्थापित गर्ने निर्णय भए पनि हालसम्म तुइन बिस्थापित हुन नसकेको बताइन्। उनले तुइन बिस्थापित गरेर पुलको व्यवस्था गर्न सरकारसँग माग गरेकी हुन्। 

उनले भनिन्, ‘२०७२ सालमा दुई वर्षभित्र सबै ठाउँका तुइन विस्थापित गर्ने भनेर सरकारले उद्घोष गरेको ८/९ वर्ष पुग्दा पनि ग्रामीण भेगको तुइनहरु विस्थापित हुन सकेका छैनन्। उक्त ठाउँमा पुलको व्यवस्था गर्न म सरकारको ध्यानाकर्षण गराउँछु।’

प्रतिनिधि सभा सदस्य अमरबहादुर रायमाझीले संसदमा उठेको विषयहरुको पूर्णरुपमा सम्बोधन हुने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए। उनले प्रस्तावित विकास निर्माणका आयोजनाहरु कार्यान्वयन हुन नसकेका भन्दै आयोजना कार्यान्वयन गर्न माग गरे। 

उनले भने, ‘लोकतन्त्रको रक्षाको निम्ति संसदमा उठान भएका विषयहरुलाई पूर्ण रुपमा सम्बोधन हुने व्यवस्था होस् भनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। संसद नीति निर्माण गर्ने र बजेट पास गर्ने थलो भएको हुँदा विकास निर्माणसँग सम्बन्धित आयोजनाहरु प्रस्तावित मात्रै भएका छन्, कार्यान्वयन कमजोर भएको हुँदा प्रश्तावित आयोजनालाईलाई कार्यान्वयनका निम्ति जोडदार माग गर्दछु।’

यस्तै कांग्रेस सांसद अर्जुननरसिंह केसीले एसपीको बढुवामा वरिष्ठतम व्यक्तिहरुलाई नगरिएको भन्दै यसले सरकारको सुशासनको नारालाई धज्जी उडाएको बताए। उनले एनसेल र सुनकाण्डको प्रतिवेदन संसदमा पेस गर्न पनि माग गरे। 

उनले भने, ‘हालै नेपाल प्रहरीका १२ जना डिएसपीबाट ८ जना एसपीको बढुवा हुँदा वरिष्ठतम एक, ६ लाई पाखा पार्दै सत्ता गठबन्धन सिन्डिकेटको नियोजित अन्यायबाट सरकारको सुशासनको रटानको धज्जी उडेको छ। भनाइ र गराइमा ठूलो विषमता यसले देखाएको छ। राज्यको विधि पालना र दण्ड व्यवस्थापनमा दण्डनीय कसुरलाई उन्मुक्ति दिने, व्याप्त भ्रष्टाचार, जघन्य अपराध र विधि विहिनतालाई करुणाको जामामा चोखिने र चोख्याउँदै जाने हालको गतिविधिले भ्रष्टाचारको दुष्चक्रबाट उन्मुक्ति र सुशासनको नारा केवल झुठको पुलिन्दा हुँदै छ। खर्बौँ भ्रष्टाचार, एनसेल र सुनकाण्डको प्रतिवेदन अहिलेसम्म किन आएन तुरुन्त सदनमा प्रश्तुत होस्।’

सांसद असिम साहले सरकारले प्रदुषण कर बापत उठाएको रकम प्रदुषण नियन्त्रणमै प्रयोग गर्नुपर्ने माग गरे। उनले किन प्रदुषण कर बापतको रकम सोही कामको लागि प्रयोग नगरिएको हो भनि प्रश्न समेत गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

उनले भने, ‘सरकारले प्रतिलिटर डिजेलमा र पेट्रोलमा एक रुपैयाँ पचास पैसाका दरले प्रदूषण कर असुल्छ। यसबाट वार्षिक ४ अर्बभन्दा बढी रुपैयाँ संकलन हुने गरेको तथ्यांक छ। प्रदूषण बढ्दैछ सँगै प्रदूषण वापतको रकम पनि थुप्रिँदैछ। तर प्रदूषण करको पारदर्शितामा नै प्रदुषण किन लागिरहेको छ? एकातिर बाटोमा हिँड्दा धुलो र धुँवाले आँखा पोलिरहेको छ भने अर्कोतिर अपारदर्शी ढंगले खर्च हुँदा मन पोलिरहेको छ। वातावरण संरक्षण ऐन २०७६ ले प्रदुषण नियन्त्रणका लागि कोषको व्यवस्था गरेको छ, प्रदूषण कर बापतको रकम सोही कोषमा जम्मा गरेर प्रदुषण नियन्त्रणमा उपयोग गर्नुपर्नेमा किन त्यस्तो हुन सकेको छैन? सरकारले यस्तो विषयमा गम्भीर बन्नुपर्छ। जनताबाट जे का लागि उठाइएको रकम हो त्यो त्यसैमा पारदर्शी ढंगले खर्च गर्नुपर्छ।’

प्रतिनिधि सभा सदस्य ईश्वरबहादुर रिजालले विद्यालयको पाठ्यक्रममै चट्याङ सम्बन्धी सामग्री राखेर विद्यार्थीहरुलाई अध्ययन गराउनुपर्ने बताए। 

प्रतिनिधि सभा सदस्य ईश्वरी घर्तीले महिलाहरुको हत्या, हिंसाको घटना र आत्महत्यको घटना बढिरहेको भन्दै यस प्रकारका घटनाहरुको सुक्ष्म अनुसन्धान गर्नु आवश्यक भएको बताइन्। 

ईश्वरीदेवी न्यौपानेले त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको भन्दै यसको क्षतिपूर्ति कसले दिन्छ भनि प्रश्न गरिन्। उनले वैशाख १ गते नेपाली परम्पराअनुसार नयाँ वर्ष मनाइने गरेको भन्दै नयाँ वर्षको भोलिपल्ट वैशाख २ गते कुनै पनि परीक्षा राख्नु नहुने बताइन्। 

Xtrem

Xtrem

प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले सरकारले व्यक्तिहरुको मानसिक समस्याको उपचारको प्रवन्ध प्राथमिकताका साथ गर्नुपर्ने बताए। उनले विद्यालयमा मनोपरामर्शदाताको व्यवस्था गर्नुपर्ने बताए। 

कान्तिका सेजुवालले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम रद्ध गरेको सन्दर्भमा शिक्षामन्त्रीको जवाफ माग गरिन्। सांसद गगनकुमार थापाले तराई, मधेसमा निलगाईले किसानहरुको बाली नष्ट गर्ने गरेको भन्दै निलगाईलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गर्न माग गरे। उनले निलगाईको व्यवस्थापनका लागि अध्ययन गर्न सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १३:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन
सम्बन्धित सामग्री
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबारको बैठकमा सभामुख अर्यालले सदनको नियमापत्तिलाई सदुपयोग गर्न भनेका हुन्। बिहीबार, असोज ८, २०८३
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन कांग्रेस केन्द्रीय निर्वाचन समितिले बिहीबार विज्ञप्ति जारी गर्दै असोज १० गतेका लागि तोकिएको क्षेत्रीय अधिवेशन मौसमको अवस्था हेरेर सञ... बिहीबार, असोज ८, २०८३
राजनीतिक नियुक्तिमा ओली सरकारकै शैली पछ्याउने कानुन ब्युँताइँदै, बालेनले प्रस्तुत गरे विधेयक बालेनको नेतृत्वमा सरकार बनेपछि २०८३ वैशाख १९ गते विभिन्न संस्थान, बोर्ड तथा समितिका राजनीतिक तथा प्रशासनिक पदाधिकारी हटाउनेसम्बन्धी... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला बिहीबार, असोज ८, २०८३
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबार, असोज ८, २०८३
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन बिहीबार, असोज ८, २०८३
राजनीतिक नियुक्तिमा ओली सरकारकै शैली पछ्याउने कानुन ब्युँताइँदै, बालेनले प्रस्तुत गरे विधेयक बिहीबार, असोज ८, २०८३
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्