काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी किसान महासंघघको कर्णाली प्रदेश समिति गठन भएको छ। सुर्खेतको वीरेन्द्रनगरस्थित होटल फुलबारीमा आयोजित भेलाले मदन थापा मगरको अध्यक्षतामा २१ सदस्यीय समिति चयन गरेको हो।
समितिको उपाध्यक्षमा कौशिला विक, गङ्गे कामी मुख्यसचिव पवित्रा न्यौपाने रेग्मी र कोषाध्यक्षमा लोकबहादुर सार्की चयन भएका छन्।
कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य एवं समाजवादी किसान महासङ्घका अध्यक्ष सञ्जय सिंह, पार्टीका केन्द्रीय सदस्य लिला सिजापती, दिलु खड्का महासङ्घका महासचिव ओमकृष्ण श्रेष्ठ लगायत उपस्थित रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।