काठमाडौं- संवैधानिक परिषद्को बैठकले रिक्त महालेखा परीक्षकमा पूर्व अर्थसचिव तोयम रायाको नाम सिफारिस गरेको छ। आइतबार बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायाको नाम सिफारिस गरेको सभामुख देवराज घिमिरेले नेपाल लाइभलाई जानकारी दिए।
उनी हाल केन्द्रीय तथ्यांक कार्यालयका सचिव रहेका छन्। उनी केही समय अर्थसचिवको रुपमा अर्थ मन्त्रालयमा रहेका थिए। संसदीय सुनुवाइबाट अनुमोदन भएमा उनी राष्ट्रपतिबाट नियुक्त हुनेछन्।
एमाले सहितको नयाँ सत्ता गठबन्धन बनेपछि आइतबार पहिलो पटक परिषद्को बैठक बसेको थियो।
बैठकमा परिषद्का अध्यक्ष प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डसहित सदस्यहरू प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, प्रतिनिधि सभाका विपक्षी दलका नेता शेरबहादुर देउवा र प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना सहभागी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।