काठमाडौं– आज संवैधानिक परिषद्को बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ।
बैठक आज बिहान ९ बजेबाट सुरु भएको हो। बैठकले महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नसक्ने सम्भावना रहेको बताइएको छ।
संवैधानिक परिषद्को बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार साँझ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेर भेट वार्ता गरेका थिए।
प्रधानमन्त्रीको नेतृत्वमा रहने संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्ष दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख रहने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।