काठमाडौं– वैशाख १४ गते रिलिज हुने ‘बोक्सीको घर’मा चर्चित गायक प्रकाश सपुतको प्रवेश भएको छ। अभिनेत्री केकी हधिकारीको निर्माण तथा शीर्ष भूमिकामा अभिनय रहेको सिनेमाको प्रचारलाई उचाइ दिन प्रकाशलाई प्रवेश गराइएको हो। सिनेमा प्रकाशको प्रवेश सांगीतिक हो।
सिनेमाको प्रचारलाई फराकिलो बनाउका हेतु केकीले गायक सपुतको शब्द तथा संगीतमा ‘बुझिनँ मैले’ बोलको गीत तयार पारेकी छन्। यस गीतमा सपुत र गायिका समीक्षा अधिकारीको युगल स्वर रहनेछ।
यस गीतको भिडियोको छायाँकन भइसकेको छ र केहीदिनमा नै रिलिज गरिदैँछ। भिडियोमा केकीलाई सिनेमाकै चरित्रमा अभिनय गराइएको छ। सुनिल क्षेत्री भिडियोका कोरियोग्राफर हुन्।
हालसम्म सिनेमाका रिलिज भएका टिजर, गीत र बोक्सी लुक्सले सिनेमा भिन्न बनेको संकेत त गरेको छ नै योसँघै सिनेमाले नयाँ कथा प्रस्तुत गर्ने जनाउ दिएको छ। यसबाट सिनेमाले चर्चा बटुलिरहेको छ।
सपुतसँगको सहकार्यमा तयार भएको गीत अझै सशक्त बनेको अभिनेत्री केकीको भनाइ छ। सपुतले पनि यो गीत दर्शकका लागि नयाँ स्वादको हुने दाबी गरेका छन्। ‘बोक्सीको घर’ आठ वर्षअघि मञ्चन भएको सोही नामको नाटकमा आधारित रहेको छ।
सिनेमाका लेखक तथा निर्देशक सुलक्षण भारती हुन्। सामाजिक थ्रिलर जनरामा निर्माण भएको सिनेमाले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गर्नेछ।
केकी अधिकारी सिनेमास्को प्रस्तुति रहेको सिनेमालाई नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन गर्नेसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारीमा केकी रहेकी छिन्।
केकीका बा कार्यकारी निर्माता हुन्। सिनेमामा केकीका अलावा सुलक्षण भारती, सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलाको अभिनय छ। लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक दिएको सिनेमामा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।