काठमाडौं– सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्ने भएका छन्।
संसद्को अवरोध, नयाँ कार्यतालिका, संसदको प्रभावकारिता लगायतका विषयमा छलफल गर्न सभामुखले बैठक बोलाएका हुन्।
संघीय संसद् सचिवालयका अनुसार उनले आज बिहान सवा ११ बजे छलफलका लागि बोलाएका हुन्।
जसमा सभामुख घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका प्रमुख सचेतक र सचेतकहरूसँग आफ्नो कार्यकक्षमा छलफल गर्ने भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।