काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय संगठन विभागको बैठक बस्दैछ। सङ्गठित पार्टी सदस्यता वितरण र नवीकरणको अवस्थाबारे छलफल गर्न शनिबार विभागको बैठक बस्न लागेको हो।
बैठक बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने जसपाको सचिवालयले जनाएको छ।
जसपाले सङ्गठित पार्टी सदस्यता वितरण वा नवीकरणको लागि चैत्र १० सम्मको समयसीमा तोकिएको थियो। २०८० मङ्सिर ३० गतेसम्म पार्टी सदस्यता प्राप्त गरिसकेका वा पार्टी सङ्गठनमा आवद्ध रहेका पार्टी सदस्यलाई मात्र सङ्गठित पार्टी सदस्यता दिन सकिने व्यवस्था गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।