काठमाडौं– उर्जा जलश्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण नेपालले गम्भीर खतराहरूको सामना गरिरहेको बताएका छन्।
सोमबार काठमाडौंमा राष्ट्रिय प्रकृति संरक्षण कोषले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले अहिले जलवायु परिवर्तनका मुद्दाहरूलाई नेपालले मुख्य रुपमा उठाइरहेको भन्दै नेपालमा रहेका हिमालय र हिमनदीहरू तिब्र रूपमा पग्लिरहेको बताए।
जलवायु परिवर्तनबाट निम्तिएका चुनौतीहरुको सामना गर्न नेपाललाई क्षतिपूर्ति दिन आवश्यक रहेको उनको भनाइ थियो। मन्त्री बस्नेतले पछिल्लो दशकमा नेपालमा बाघको संख्या झन्डै तीन गुणा बढेको र एकसिङ्गे गैँडाको संख्यामा पनि उल्लेखनीय वृद्धि भएको जानकारी गराए।
मन्त्री बस्नेतले विश्वव्यापी वातावरणीय स्थिरतामा नेपालको योगदान अतुलनीय रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।