काठमाडौं- नेकपा एमालेको सुर्खेत अध्यक्षमा कुलमणि देवकोटा विजयी भएका छन्। आइतबार सम्पन्न निर्वाचनमा देवकोटाले ३५१ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी अमृतबहादुर बिसीले १३२ मत मात्रै प्राप्त गरे।
पराजित बिसी निवर्तमान जिल्ला अध्यक्ष हुन्। विजयी भएका देवकोटा बिसी नेतृत्वको कमिटीमा उपाध्यक्ष थिए। शुक्रबारदेखि सुरु भएको नवौं अधिवेशनमा नेतृत्वका लागि सहमतिको प्रयत्न भए पनि सहमति नभएपछि आइतबार निर्वाचन भएको हो।
निर्वाचनमा देवकोटाको प्यानल नै विजयी भएको हो। जसअनुसार, उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उपसचिव (खुला) मा टीकाराम सोमै र उपसचिव (महिला)मा सुशीला विश्वकर्मा विजयी भएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।