सुर्खेत- नेकपा (एमाले) सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित भएका छन्। नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी अमृतकुमार विसीलाई पराजित गर्दै देवकोटा अध्यक्ष पदमा निर्वाचित भएका हुन्।
यस्तै उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप–सचिव (खुला) मा टिकाराम सोमै निर्वाचित हुनुभएको नेकपा (एमाले) सुर्खेतले जनाएको छ।
यसैगरी महिला (सचिव) मा सुशीला विश्वकर्मा निर्वाचित भएकी छिन्। सदस्य पदको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।