गुल्मी- गुल्मीको ग्रामीण क्षेत्रमा कृषि क्षेत्रको सम्भाव्यता अध्ययनका लागि चीनको राज्यसभा मातहत रहेको अनुसन्धान विकास केन्द्रको उच्चस्तरीय टोली आउने भएको छ।
नेपालको ग्रामीण भेगका कृषि क्षेत्रको आधुनिकीकरण र विकासका लागि मुसिकोट नगरपालिका–१ पौदी क्षेत्रको अध्ययन गर्न टोली असोज २७ गते आउने भएको हो। उक्त दिन कृषि उत्पादनको संकलन तथा प्रदर्शन कार्यक्रम पनि राखिएको भर्माचौर नमुना एकीकृत कृषिफार्म मुसिकोट नगरपालिका–१ का सचिव दीनानाथ पौड्यालले जानकारी दिए। कृषि प्रदर्शनीमार्फत उत्कृष्ट कृषकलाई पुरस्कृत गरिने उनले बताए।
टोलीमा चीनका ८ विशेषज्ञसमेत संलग्न हुनेछन्। चीन सरकारले उपलब्ध गराएको छात्रवृत्तिमा विद्यावारिधि गर्दै गरेका कांग्रेसका युवा नेता दामोदर भुसालले चिनियाँ टोली ल्याउन पहल गरेका थिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।