काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठक बस्दैछ। आइतबार बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको एमाले सचिवालयले जनाएको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटना क्रम र अन्य समसामयिक विषयमा छलफल हुनेछ बताइएको छ।
बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल हुने एमालेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।