काठमाडौं- उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ आइतबार चीन भ्रमणमा जाँदैछन्। उनी चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन भ्रमण जान लागेका हुन्।
मन्त्री श्रेष्ठ मंगलबार राति ११ बजे चीनको भ्रमणका लागि प्रस्थान गर्ने परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ।
एक साता लामो भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेश मन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नेछन्।
साथै उनले बेइजिङ र अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्च स्तरका विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। उनी चैत १९ गते स्वदेश फर्किनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।