काठमाडौं- काठमाडौंको मुलपानीमा स्कुटर र बस ठोक्किँदा एक युवक गम्भीर घाइते भएका छन्।
बुधबार साँझ बा ४० प ५६१० नम्बरको स्कुटर र बा ४ ख ५३९३ नम्बरको बस ठोक्किँदा स्कुटर चालक दोलखा लामाबगरका २४ वर्षीय सुमन तामाङ गम्भीर घाइते भएका हुन्। उनको न्युरो अस्पताल बासँबारीमा उपचार भइरहेको छ।
बससहित चालकलाई महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।