• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ४, २०८२ Sun, Jan 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

पाँचौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव चैत्र १६ देखि काठमाडौंमा हुँदै

64x64
नेपाल लाइभ बिहीबार, चैत ८, २०८०  ११:३५
1140x725

काठमाडौं– पाँचौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाडौंमा आयोजना हुने भएको छ। चैत्र १६ देखि १८ गते अर्थात् मार्च २९ देखि ३१ सम्म चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डमा आयोजना हुने चलचित्र महोत्सवमा ३७ देशका ४ दर्जनबढी विभिन्न विधाका चलचित्रहरु प्रदर्शन गरिनेछ।

पाँचौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवको राष्ट्रिय निर्णायकको रूपमा नायिका आँचल शर्मा, कलाकार मोहन निरौला, अभिनेत्री सुष्मा कार्की, चलचित्रकर्मी मोहन राई, पत्रकार शान्ती प्रिय, जय निशान्त र सुवास प्रधान रहेका छन्। त्यस्तै अन्तर्राष्ट्रिय निर्णायकमा पोल्याण्डकी म्याग्डालेना जुज्जिक, जर्मनीकी डर्क गिल्सन, सर्बियाकी लजुबिन्का स्टोजानोभिक, जर्मनीका जान स्लेंक, भारतका मुश्ताक अली अहमद खान, क्रोएसियाका इभा गालोभिक, कोरियाकी मिरियम ग्लेजर छन्।

तीन दिने चलचित्र महोत्सवमा फिल्म प्रदर्शनसँगै प्यानल डिस्कशन र मास्टर क्लास पनि राखिएको छ। चलचित्र विकास बोर्डमा मार्च ३० अर्थात् चैत्र १७ गते सर्बियाकी लजुबिन्का स्टोजानोभिकले चलचित्र सम्बन्धी कार्यशाला दिनेछिन् भने मार्च ३१ मा भारतका मुश्ताक अली अहमद खानले मास्टर क्लास दिने भएका छन्।

Ncell 2
Ncell 2

महोत्सवको आयोजक रहेको नेपाल संस्कृति तथा चलचित्र केन्द्रले महोत्सवको तालिकासमेत सार्वजनिक गरेको छ। महोत्सवमा नेपाली चलचित्र चिसो मान्छे, महापुरुष, छक्का पञ्जा ४ लगायत अन्य विभिन्न विधाका चलचित्रहरुका साथै विदेशी ३ दर्जनजति चलचित्रहरु समावेश भएका छन्। कुनै पनि चलचित्रहरु हेर्न पैसा नलाग्ने र कार्यक्रममा प्रवेश निःशुल्क रहेको जनाइएको छ। अन्य चलचित्र महोत्सवले प्रवेश शुल्क लिने गरेको तर यो महोत्सवमा कसैलाई पनि प्रवेश र चलचित्र हेर्न कुनै पैसा नलाग्ने भएको कारण सर्वसाधारण, विद्यार्थी, चलचित्रकर्मी लगायत सबैलाई समान रुपमा समेट्न सकिने आयोजक टीमले बताएको छ।

मानव अधिकार, सामाजिक न्याय र दिगो विकासका विषयलाई केन्द्रमा राखेर चलचित्र महोत्सवको आयोजना गर्न लागिएको नेपाल संस्कृति तथा चलचित्र केन्द्र (एनसीएफसी) ले जनाएको छ। चलचित्र महोत्सवको अन्तीम दिन सात राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरुको मूल्यांकनको आधारमा महोत्सवमा सहभागी १५ स्वदेशी र १५ वटा विदेशी फरक फरक विधाका उत्कृष्ट फिल्महरुलाई पुरस्कृत समेत गरिनेछ।

यो महोत्सवमा उत्कृष्ट चलचित्र, उत्कृष्ट लघुचलचित्रमात्र नभएर उत्कृष्ट महिला चलचित्र, उत्कृष्ट बालबालिका चलचित्र, उत्कृष्ट सांस्कृतिक चलचित्र, उत्कृष्ट वातावरणीय चलचित्र, उत्कृष्ट डकुमेन्ट्री लगायत धेरै विधाहरु भएकाले अन्य विधालाई पनि प्रोत्साहन गरेको कारण यो चलचित्र महोत्सव अझ बढी महत्वपुर्ण रहेको महोत्सव निर्देशक सन्तोष सुवेदी बताउँछन्। नेपालमा विधाअनुसारको विषयवस्तुमा कम फिल्म बन्छ, कि त बन्दै बन्दैन। बनेपनि त्यसलाई प्रदर्शन गर्ने स्थान र प्रोत्साहन गर्ने संस्था छैन। विषयगत चलचित्रहरु उत्कृष्ट बन्दा पनि तिनिहरुले स्थान पाउँदैनन्, पाईहालेपनि प्रतिस्पर्धामा पछाडी नै राखिन्छ। तर यो महोत्सवले सबैलाई समेट्न सकेको उनको दावी छ। अझ महोत्सवको पछिल्लो संस्करणमा अन्य विधाहरु पनि थप्दै जाने सुवेदी बताउँछन्। चलचित्र महोत्सव गर्नु आफैमा पनि च्यालेन्जीङ कार्य हो र यसमा सरकारी तथा सम्बन्धित निकायहरु आफै अग्रसर भएर कार्य गर्नुपर्नेमा मौन बस्नु र सहयोग नगर्नु दुःखद कुरा भएको उनको भनाई छ। मुटुको शल्यक्रिया भएको केहि महिनापछि पनि सक्रिय भएर महोत्सवको आयोजना गरेर देशलाई अन्तराष्ट्रिय रुपमा चिनाउन पाउँदा आफैलाई गौरव लाग्ने गरेको सुवेदीले बताए। उनले तीनदिने चलचित्र महोत्सवमा चलचित्रकर्मी, कलाकार, रंगकर्मी, विद्यार्थी, पत्रकार, राजनितिज्ञ लगायत सबैलाई उपस्थित हुनको लागि अनुरोधसमेत गरेका छन्।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ११:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
नेकपा कर्णाली प्रदेश संसदीय दलको नेतामा शाही चयन
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम
सम्बन्धित सामग्री
किताब जात्रामा कविताका साथमा गुन्जिए नायक नाजिर हुसेन उनले आफ्नो सानो हत्केलामा बाआमाका औंला समात्दै तातेताते गर्दै हिँडेको अनुभूति मात्र व्यक्त गरेनन्। आमाको न्यानो काख र कोखको चर्चा गर... बिहीबार, मंसिर २५, २०८२
भारतीय अभिनेता असरानीको निधन उनी ८४ वर्षका थिए। लामो बिरामीका कारण उनको निधन भएको परिवारजनले जानकारी दिएका छन्। मंगलबार, कात्तिक ४, २०८२
निःसन्तान जोडीको कथामा रामजी ज्ञवालीले बनाए ‘निःशब्द’ हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘निःशब्द’लाई निर्देशक ज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म... शुक्रबार, साउन ९, २०८२
ताजा समाचारसबै
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
नेकपा कर्णाली प्रदेश संसदीय दलको नेतामा शाही चयन शनिबार, माघ ३, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
रेजा पहलवीले गरे इरानमा अमेरिकी हस्तक्षेपका निम्ति आह्वान शनिबार, माघ ३, २०८२
भावी सरकारमा पनि मिडियाकर्मीको प्रतिनिधित्व हुनुपर्छ : सञ्चारमन्त्री शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
रेजा पहलवीले गरे इरानमा अमेरिकी हस्तक्षेपका निम्ति आह्वान शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्