• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

प्रा. सूर्य सुवेदी: लमजुङ्गदेखि काठमाडौंसम्म [पुस्तक अंश]

64x64
नेपाल लाइभ शनिबार, चैत ३, २०८०  १७:४०
1140x725

लमजुङ खुदीमा १० माघ, विसं. २०१४ मा जन्मिए सूर्यप्रसाद सुवेदी पण्डित होमनाथ सुवेदी र माता टुकादेवीको घरमा पाँचौं पुत्रका रुपमा। 

पहाडी विकट जिल्ला लमजुङ अहिले त दुस्कर छ, अझ त्यो जमानामा विकसित बाह्य संसारबाट अलग नहुने कुरै भएन। यद्यपि, प्राज्ञिक र हुने खाने हैसियतकै सन्तान थिए उनी। खान लाउन धेरै दुःखजिलो गर्नु पर्थेन सुवेदी परिवारलाई। 

सूर्यका दाजु डा देवीप्रसाद सुवेदीका शब्दमा उनका पिता आफूले पढ्न नपाए पनि सन्ततिहरु शिक्षित हुन् भन्ने चाहन्थे। पिताले सन्तानलाई काखमा राखेर दिएको पहिलो पाठ थियो नैतिकता। संस्कृत पुस्तक हितोपदेश पारिवारिक पाठशालाको पहिलो पाठ थियो र सूर्यले पनि नैतिक शिक्षा त्यहीँबाट लिएका थिए।  

सूर्यले संस्कृतको ८ कक्षासम्मको शिक्षा पिताजीबाट र संस्कृत पाठशालामा गुरु बद्रीनाथ सुवेदीबाट ग्रहण गरेका थिए। अरू दाजुहरूजस्तै सूर्य घरछेउको महेन्द्र संस्कृत प्रधान पाठशालामा पढ्न जान थाले। तिनताक पढ्नका लागि कपी र किताब थिएन। कहिले धूलामा अक्षरहरू कोर्ने, कहिले खरी धसेर ढुंगाको पाटीमा लेख्दै मेट्दै गर्ने अनि कहिलेचाहिं जडीबुटीहरू पिंधेर मसी बनाउने गरिन्थ्यो।

‘विद्यार्थीका लागि कापी–कलम र किताबसमेत नहुने हुनाले मास्टरले कक्षामा पढाएको कुरा रटेर भोलिपल्ट जस्ताको तस्तै सनाउनु नै हाम्रो गृहकार्य हुन्थ्यो’ सुवेदी सम्झन्छन्, ‘बिहानै उठेर नुहाउनु, जप गर्नु, पूजा गर्नु, पाठ घोक्नु र धोती पाता कसेर भान्छामा पस्नु पढ्न जानुअघिका नित्य कर्म थिए।’

तिनताक घोक्ने गरेको एउटा श्लोक अहिले पनि उनलाई कण्ठस्थ छ, 
न चौरहार्यम् न न राजहार्यम् 
न भ्रातृभाज्यम् न च भारकारि। 
व्यये कृते वर्धत एव नित्यम् 
विद्या धनं सर्व धनम् प्रधानम्

यसको अर्थ चोरले चोर्न नसक्ने, राजाले लुट्न नसक्ने, दाजुभाइमा अंशबन्डा नहुने, जति बोक्दा पनि भारी नुहने, जति खर्च गर्‍यो उति नित्य बढ्ने विद्या नै सबैभन्दा ठूलो धन हो। 

यस्तो धन बटुल्न उनले धेरै संघर्ष गर्नुपरेको थियो। कहिले खाली खुट्टा स्कुल पुग्थे। मोजा बिनाका जुत्तामा झरी, वर्खा, घाम, चिसो नभनी हिँडेर उनी स्कुल पढाइमा तल्लीन भए। उनी लेख्न निगालो, बाँस र उनियोको कलम बनाउँथे। मसुरे कटुस रुखका पात टिपेर पातलाई भाँडामा गाढा भइन्जेल पकाएपछि रंग आउँथ्यो र त्यही मसीले लेख्ने गर्थे सुवेदी। 

nimb
nimb
Ncell 2
Ncell 2

430333942_264833760007036_6247078988297647102_n-1710589915.jpg
आठ कक्षा पुगेपछि सूर्य घरदेखि एक दिन परको अमर मावि दुराडाँडामा भर्ना भए। उनले एबीसीडी पढेको त्यसपछि मात्रै रहेछ। सुवेदी सम्झन्छन्, ‘मेरा हजुरबा अंग्रेजी बोल्यो भने मुख कुल्ला गर्नुपर्छ र लेख्यो भने कलम पखाल्नुपर्छ भन्ने गर्नुहुन्थ्यो। मलाई कैयन दिनसम्म अंग्रेजी पढेर केही नराम्रो गरिरहेको छु भन्ने भावले लखेटिरह्यो।’ (कान्तिपुर कोशेली, चैत्र ५, २०७३)

सानैदेखि तेज दिमागका उनी अध्ययनका क्रममा पहिलो बाहेक अरु श्रेणीमा कहिल्यै आएनन्। उनी कक्षा चारमा ‘होल फष्ट’ भएर ५ नपढी एकैचोटी ६ मा उक्लिए। ६ मा फेरि ‘होल फष्ट’ भएपछि सात पढ्नु परेन, शिक्षकले आठमा भर्ना लिइदिए। त्यसपछि ९, १० हुँदै टेष्टमा पनि पहिला भए। 

विसं. २०३० सालमा अमर माविबाट प्रवेशिका परीक्षा (एसएलसी) भने द्वितीय श्रेणीमा गरे। 

एसएलसी सकेपछि प्रमाणपत्र तह पढ्नु अघि ६ महिना ‘ग्याप’ थियो। यिनलाई त्यो खाली समय त्यत्तिकै खेर फाल्न मन लागेन अनि सोझिए चक डष्टरको धुलोमा रमाउन एउटा दुर्गम गाउँतिर। सिकारु मास्टरको शुरु शुरुको जोस, केटाकेटीलाई पढाइरहँदा समय बितेको पत्तै भएन। पछि साइन्स पढ्न भनेर गाउँबाट काठमाडौं फिर्दा त दरखास्त दिने समय बितिसकेछ। विलम्बकै कारण अब उनले साइन्स पढ्न पाएनन् र ‘यू टर्न’ गरे ‘ल’ विषयतिर, नेपाल ल क्याम्पसमा भर्ना भए। 

पढ्न सिपालु ठिटो, कानुन पढ्दा पनि पहिला श्रेणीले उनलाई पछ्याइरहे। सुवेदीले कलेज लाइफमा साहित्यिक पत्रिका ‘नौलो प्रवाह’ सम्पादन गरिसकेका थिए। 

त्यतिबेला यातायात सुविधा सहज थिएन। सुवेदी एक दिनभर पैदल यात्रा गरेर खुदी पुगेका थिए भने आधा दिन हिँडेर डुम्रे पुगी त्यहाँबाट बस यात्रामा काठमाडौं पुगेका थिए। 

उच्च मावि पढ्दाताका उनी चेस, भलिबल खेल र विद्यार्थी युनियनका गतिविधिमा बढी सक्रिय रहन्थे। उनी अमर उच्च मावि विद्यार्थी युनियनको अध्यक्षसमेत चुनिएका थिए। उनी हाइस्कुल भलिबल टिमको क्याप्टेन पनि बने। उनी लमजुङ जिल्लास्तरिय चेस प्रतियोगितामा विजयी भएर पुरस्कृत समेत भएका थिए।

विश्वविद्यालय जीवनमा उनी राजनीति र साहित्यमा बढी रुची राख्थे। उनी त्यतिखेरै विद्यार्थीहरुले प्रकाशन गरेको साहित्यिक म्यागेजिन र पत्रिकाहरुको सहसम्पादक थिए। त्यसताका पनि आफूले कयौं लेख लेखेर पकेट खर्च जुटाएको उनी स्मरण गर्छन्। उनी काठमाडौंमा गण्डकी विद्यार्थी युनियनको सभापति र नेपाल ल क्याम्पसको विद्यार्थी नेता समेत भए। प्रजातन्त्रका लागि विद्यार्थी आन्दोलनमा होमिएर करिब तीन महिनाजति जेल समेत बस्न बाध्य भएको अनुभव उनीसँग छ।

उच्च शिक्षाका लागि काठमाडौं 
एसएलसी उत्तिर्ण गरेपछि सुवेदी गाउँबाट राजधानी काठमाडौं प्रस्थान गरे त्रिभुवन विश्वविद्यालय भर्ना हुने योजना बुनेर। त्यतिबेला देशको एकमात्र विश्वविद्यालय थियो त्रिभुवन विश्वविद्यालय। शुरुमा उनको उद्देश्य विज्ञान संकायमा डिग्री गर्ने थियो। तर, दुर्भाग्य एसएलसीको नतिजा ढिला आइदिएपछि विज्ञान पढ्ने उनको धोको अधुरै रह्यो। त्यस ताका एसएलसीको रिजल्ट हेर्न सरकारी राष्ट्रिय दैनिक अखबार गोर्खापत्र कुर्नु पर्दथ्यो। 

त्यो जमाना दुई दिनको पैदल हिँडेपछि काठमाडौं जाने बस भेटिन्थ्यो। काठमाडौं पोखरा जोड्ने सडक बनिसकेको थियो। एक अर्थमा सुवेदी भाग्यमानी भए किनकि उनका दाजुहरु उच्च शिक्षाका लागि ५ दिनको पैदल हिँडेर काठमाडौं जाने बस समात्न बाध्य थिए। 

१५ वर्षको उमेरमा काठमाडौं साइत गरेका सुवेदीले त्यतिबेला मात्र आफ्नो जीवनमा पहिलो मोटरकार देखेका थिए र पहिलोपटक कोकाकोला पिएका थिए। मोटर चलेको दृश्य देखेर उनी निकै रोमाञ्चित भएका थिए। आधुनिकतासँग उनको पहिलो साक्षात्कार त्यही थियो। यसअघि उनले आकाशमा हवाई जहाज उडेको देख्थे, सायद ति जहाज सिंगापुर वा मलेसिया देखि युरोपका लागि उडेका हुन्थे। 

जब सुवेदी काठमाडौं पुगे, साइन्स डिग्री पढ्नका लागि समयसीमा सकिइसकेको बताइयो। अब उनीसँग कानुन डिग्रीको मात्र विकल्प थियो। प्रवेश परीक्षा पास गरेपछि त्रिभुवन विश्वविद्यालयमा उनले पढाइ थाले। पहिलो वर्षको पढाइ सकिएपछि उनले जेहेन्दार छात्रवृत्ति जिते जुन छात्रवृत्ति वर्षको उत्कृष्ट विद्यार्थीका लागि दिइन्थ्यो। 

काठमाडौं बसाइ सुवेदीले स्वर्गमा रहेजस्तै महशुस गरे। बाह्य विश्वबाट आइसोलेटेड कचौरा आकारको काठमाडौं उपत्यका समुद्रसतहदेखि करिब १४ सय मिटर माथि अवस्थित छ र यो मन्दिरहरुको शहर पनि मानिन्छ। काठमाडौं उपत्यकामा असंख्य हिन्दू मन्दिर र बुद्ध गुम्बाहरु छन् र विभिन्न देवी देवताको पूजा गर्न लगभग दैनिक जसो धार्मिक पर्व भइरहेका हुन्छन्। 

हिमालय क्षेत्रबाट वहने हावा स्वच्छ र सफा हुन्थ्यो। उपत्यका वरिपरी देखिने हिमालहरु साँच्चिकै मनमोहक लाग्थे। जीवनको गति सुस्त थियो, मानिसहरु आत्मीय र अतिथी सत्कार गर्ने खालका हुन्थे। आधुनिक कलकारखाना र यातायातले उपत्यकाको सौन्दर्य कुरुप बनाइसकेको थिएन। देशका दुई प्रमुख धर्म हिन्दू र बौद्ध धर्ममा आस्था राख्नेहरु आफ्नो व्यक्तिगत र धार्मिक स्वतन्त्रताबाट रमाइरहेका थिए। यद्यपि उनीहरु राजतन्त्रमा राजनीतिक अधिकारबाट केही वञ्चित देखिन्थे। देश राजा वीरेन्द्रबाट शाषित थियो जो दयालु शासक मानिन्थे। तर, खास राजनीतिक अधिकारको अभावले मानिस पीडित थिए। ति मध्ये एक सुवेदी राजनीतिक अधिकार प्राप्तिका लागि लड्न विद्यार्थी राजनीतिमा होमिएर नेता बनेका थिए।

कानुनको विद्यार्थीका नाताले पहिलो वर्षमा सुवेदीले धेरै राजनीतिक कार्यकर्ता भेटे जसले उनलाई एउटा विद्यार्थी संगठन गण्डकी विद्यार्थी युनियनको अध्यक्ष लड्न सुझाए। उनले चुनाव पनि जितेर सशक्त विद्यार्थी मानवअधिकारवादी नेता पनि बने। सुवेदीले विभिन्न लेख लेख्न र सरकारको एकदलीय शासन (पञ्चायत) विरुद्ध कडा भाषण गर्न थाले। त्यतिखेर राजाले शासन गरेर मुलुक राजतन्त्र व्यवस्थामा थियो। सुवेदीले राजतन्त्र अन्त्यका लागि विद्यार्थी आन्दोलनमा होमिने निधो गरे। एकतन्त्रीय राजतन्त्रलाई संवैधानिक व्यवस्थाभित्र ल्याउने उक्त आन्दोलनमा लाग्दा सुवेदी गिरफ्तारीमा परे। 

दुई सातापछि सुवेदीलाई सानो पुलिस सेलबाट केन्द्रीय कारागार सारियो जहाँ उनलाई राजनीतिक बन्दीका रुपमा अलिकति बढी मानवीय ढंगले व्यवहार गरियो। सुवेदीलाई अन्य राजनीतिक बन्दीहरुसंग बोलचाल गर्न, किताब पढ्न र खुला आकाशमा शारीरिक अभ्यास गर्न दिइयो। जेल बसाइ अलिकति सहज भए पनि सुवेदीलाई कुन अभियोग लगाइन्छ तीन सातासम्म थाहा दिइएको थिएन। त्यो अनिश्चितताले उनलाई धेरै पिरोल्यो र भविष्य उराठलाग्दो बन्यो किनकि कयौं राजनीतिक बन्दीहरु कानूनी सुनुवाइ बिना महिनौं र कति त वर्षौंसम्म थुनामा रहन बाध्य थिए।

अन्तिममा राजा आम जनदवावका कारण देशको भावी राजनीतिक प्रणाली निर्धारण गर्न जनमतसंग्रह गर्ने अवस्थामा झुक्न बाध्य भए। त्यसपछि सुवेदी पनि थुनामुक्त भए। 

जेलबाट छुटेपछि सुवेदी आफ्नो स्वतन्त्रताको सदुपयोग गर्दै जनमत संग्रहमा बहुदल प्रणालीको पक्षमा अभियानको नेतृत्व गरे। यद्यपि जनमत संग्रहको नतिजा मौजुदा एकदलीय पञ्चायत शासन व्यवस्थाकै पक्षमा आएपछि प्रमुख प्रतिपक्षी दलका नेता बीपी कोइरालाले त्यसलाई स्वीकारे। त्यसपछि सुवेदीले सक्रिय राजनीति त्याग्ने निधो गरे र व्यवसायिक कानूनमा करिअर बनाउने निर्णय गरे।

(‘प्रा सूर्य सुवेदी: महाविद्यावारिधिदेखि नोबेल शान्ति पुरस्कार मनोनयनसम्म’ नामक पुस्तकको एक अंश।  पत्रकारद्वय भगीरथ योगी र नवीन पोखरेलको लेखन तथा  सम्पादन रहेको उक्त पुस्तक शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ)

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १७:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न?
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै
सम्बन्धित सामग्री
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै स्विस सरकारले जिरीमा विगतमा गरेको सहकार्यको उदाहरण दिँदै फिल्म सिटीमा पनि लगानी गर्न सक्ने चासो देखाएको उनको भनाइ छ । फिल्म सिटीको प... सोमबार, भदौ ८, २०८३
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान पछिल्लो तथ्यांकअनुसार ८० जनामा पुष्टि भएका केसहरूमध्ये ५१ जना अर्थात् ६४ प्रतिशत १५ वर्षभन्दा माथिका छन्। जेईका कारण भएका मृत्युमध्य... आइतबार, भदौ ७, २०८३
विस्थापित सांस्कृतिक सम्पदा र ‘फिर्ताको राजनीति’माथि तारागाउँ कल्चरल सेन्टरमा प्रदर्शनी ‘ह्वाट एम्पायर टुक, ह्वाट एम्पायर लेफ्टः म्युजियम्स, बोर्डर्स एन्ड द पोलिटिक्स अफ रिटर्न इन साउथ एसिया’ शीर्षकको प्रदर्शनी आइतबार बौ... आइतबार, भदौ ७, २०८३
ताजा समाचारसबै
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्