• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

प्रा. सूर्य सुवेदी: लमजुङ्गदेखि काठमाडौंसम्म [पुस्तक अंश]

64x64
नेपाल लाइभ शनिबार, चैत ३, २०८०  १७:४०
1140x725

लमजुङ खुदीमा १० माघ, विसं. २०१४ मा जन्मिए सूर्यप्रसाद सुवेदी पण्डित होमनाथ सुवेदी र माता टुकादेवीको घरमा पाँचौं पुत्रका रुपमा। 

पहाडी विकट जिल्ला लमजुङ अहिले त दुस्कर छ, अझ त्यो जमानामा विकसित बाह्य संसारबाट अलग नहुने कुरै भएन। यद्यपि, प्राज्ञिक र हुने खाने हैसियतकै सन्तान थिए उनी। खान लाउन धेरै दुःखजिलो गर्नु पर्थेन सुवेदी परिवारलाई। 

सूर्यका दाजु डा देवीप्रसाद सुवेदीका शब्दमा उनका पिता आफूले पढ्न नपाए पनि सन्ततिहरु शिक्षित हुन् भन्ने चाहन्थे। पिताले सन्तानलाई काखमा राखेर दिएको पहिलो पाठ थियो नैतिकता। संस्कृत पुस्तक हितोपदेश पारिवारिक पाठशालाको पहिलो पाठ थियो र सूर्यले पनि नैतिक शिक्षा त्यहीँबाट लिएका थिए।  

सूर्यले संस्कृतको ८ कक्षासम्मको शिक्षा पिताजीबाट र संस्कृत पाठशालामा गुरु बद्रीनाथ सुवेदीबाट ग्रहण गरेका थिए। अरू दाजुहरूजस्तै सूर्य घरछेउको महेन्द्र संस्कृत प्रधान पाठशालामा पढ्न जान थाले। तिनताक पढ्नका लागि कपी र किताब थिएन। कहिले धूलामा अक्षरहरू कोर्ने, कहिले खरी धसेर ढुंगाको पाटीमा लेख्दै मेट्दै गर्ने अनि कहिलेचाहिं जडीबुटीहरू पिंधेर मसी बनाउने गरिन्थ्यो।

‘विद्यार्थीका लागि कापी–कलम र किताबसमेत नहुने हुनाले मास्टरले कक्षामा पढाएको कुरा रटेर भोलिपल्ट जस्ताको तस्तै सनाउनु नै हाम्रो गृहकार्य हुन्थ्यो’ सुवेदी सम्झन्छन्, ‘बिहानै उठेर नुहाउनु, जप गर्नु, पूजा गर्नु, पाठ घोक्नु र धोती पाता कसेर भान्छामा पस्नु पढ्न जानुअघिका नित्य कर्म थिए।’

तिनताक घोक्ने गरेको एउटा श्लोक अहिले पनि उनलाई कण्ठस्थ छ, 
न चौरहार्यम् न न राजहार्यम् 
न भ्रातृभाज्यम् न च भारकारि। 
व्यये कृते वर्धत एव नित्यम् 
विद्या धनं सर्व धनम् प्रधानम्

यसको अर्थ चोरले चोर्न नसक्ने, राजाले लुट्न नसक्ने, दाजुभाइमा अंशबन्डा नहुने, जति बोक्दा पनि भारी नुहने, जति खर्च गर्‍यो उति नित्य बढ्ने विद्या नै सबैभन्दा ठूलो धन हो। 

यस्तो धन बटुल्न उनले धेरै संघर्ष गर्नुपरेको थियो। कहिले खाली खुट्टा स्कुल पुग्थे। मोजा बिनाका जुत्तामा झरी, वर्खा, घाम, चिसो नभनी हिँडेर उनी स्कुल पढाइमा तल्लीन भए। उनी लेख्न निगालो, बाँस र उनियोको कलम बनाउँथे। मसुरे कटुस रुखका पात टिपेर पातलाई भाँडामा गाढा भइन्जेल पकाएपछि रंग आउँथ्यो र त्यही मसीले लेख्ने गर्थे सुवेदी। 

Ncell 2
Ncell 2
nimb
nimb

430333942_264833760007036_6247078988297647102_n-1710589915.jpg
आठ कक्षा पुगेपछि सूर्य घरदेखि एक दिन परको अमर मावि दुराडाँडामा भर्ना भए। उनले एबीसीडी पढेको त्यसपछि मात्रै रहेछ। सुवेदी सम्झन्छन्, ‘मेरा हजुरबा अंग्रेजी बोल्यो भने मुख कुल्ला गर्नुपर्छ र लेख्यो भने कलम पखाल्नुपर्छ भन्ने गर्नुहुन्थ्यो। मलाई कैयन दिनसम्म अंग्रेजी पढेर केही नराम्रो गरिरहेको छु भन्ने भावले लखेटिरह्यो।’ (कान्तिपुर कोशेली, चैत्र ५, २०७३)

सानैदेखि तेज दिमागका उनी अध्ययनका क्रममा पहिलो बाहेक अरु श्रेणीमा कहिल्यै आएनन्। उनी कक्षा चारमा ‘होल फष्ट’ भएर ५ नपढी एकैचोटी ६ मा उक्लिए। ६ मा फेरि ‘होल फष्ट’ भएपछि सात पढ्नु परेन, शिक्षकले आठमा भर्ना लिइदिए। त्यसपछि ९, १० हुँदै टेष्टमा पनि पहिला भए। 

विसं. २०३० सालमा अमर माविबाट प्रवेशिका परीक्षा (एसएलसी) भने द्वितीय श्रेणीमा गरे। 

एसएलसी सकेपछि प्रमाणपत्र तह पढ्नु अघि ६ महिना ‘ग्याप’ थियो। यिनलाई त्यो खाली समय त्यत्तिकै खेर फाल्न मन लागेन अनि सोझिए चक डष्टरको धुलोमा रमाउन एउटा दुर्गम गाउँतिर। सिकारु मास्टरको शुरु शुरुको जोस, केटाकेटीलाई पढाइरहँदा समय बितेको पत्तै भएन। पछि साइन्स पढ्न भनेर गाउँबाट काठमाडौं फिर्दा त दरखास्त दिने समय बितिसकेछ। विलम्बकै कारण अब उनले साइन्स पढ्न पाएनन् र ‘यू टर्न’ गरे ‘ल’ विषयतिर, नेपाल ल क्याम्पसमा भर्ना भए। 

Xtrem

Xtrem

पढ्न सिपालु ठिटो, कानुन पढ्दा पनि पहिला श्रेणीले उनलाई पछ्याइरहे। सुवेदीले कलेज लाइफमा साहित्यिक पत्रिका ‘नौलो प्रवाह’ सम्पादन गरिसकेका थिए। 

त्यतिबेला यातायात सुविधा सहज थिएन। सुवेदी एक दिनभर पैदल यात्रा गरेर खुदी पुगेका थिए भने आधा दिन हिँडेर डुम्रे पुगी त्यहाँबाट बस यात्रामा काठमाडौं पुगेका थिए। 

उच्च मावि पढ्दाताका उनी चेस, भलिबल खेल र विद्यार्थी युनियनका गतिविधिमा बढी सक्रिय रहन्थे। उनी अमर उच्च मावि विद्यार्थी युनियनको अध्यक्षसमेत चुनिएका थिए। उनी हाइस्कुल भलिबल टिमको क्याप्टेन पनि बने। उनी लमजुङ जिल्लास्तरिय चेस प्रतियोगितामा विजयी भएर पुरस्कृत समेत भएका थिए।

विश्वविद्यालय जीवनमा उनी राजनीति र साहित्यमा बढी रुची राख्थे। उनी त्यतिखेरै विद्यार्थीहरुले प्रकाशन गरेको साहित्यिक म्यागेजिन र पत्रिकाहरुको सहसम्पादक थिए। त्यसताका पनि आफूले कयौं लेख लेखेर पकेट खर्च जुटाएको उनी स्मरण गर्छन्। उनी काठमाडौंमा गण्डकी विद्यार्थी युनियनको सभापति र नेपाल ल क्याम्पसको विद्यार्थी नेता समेत भए। प्रजातन्त्रका लागि विद्यार्थी आन्दोलनमा होमिएर करिब तीन महिनाजति जेल समेत बस्न बाध्य भएको अनुभव उनीसँग छ।

उच्च शिक्षाका लागि काठमाडौं 
एसएलसी उत्तिर्ण गरेपछि सुवेदी गाउँबाट राजधानी काठमाडौं प्रस्थान गरे त्रिभुवन विश्वविद्यालय भर्ना हुने योजना बुनेर। त्यतिबेला देशको एकमात्र विश्वविद्यालय थियो त्रिभुवन विश्वविद्यालय। शुरुमा उनको उद्देश्य विज्ञान संकायमा डिग्री गर्ने थियो। तर, दुर्भाग्य एसएलसीको नतिजा ढिला आइदिएपछि विज्ञान पढ्ने उनको धोको अधुरै रह्यो। त्यस ताका एसएलसीको रिजल्ट हेर्न सरकारी राष्ट्रिय दैनिक अखबार गोर्खापत्र कुर्नु पर्दथ्यो। 

त्यो जमाना दुई दिनको पैदल हिँडेपछि काठमाडौं जाने बस भेटिन्थ्यो। काठमाडौं पोखरा जोड्ने सडक बनिसकेको थियो। एक अर्थमा सुवेदी भाग्यमानी भए किनकि उनका दाजुहरु उच्च शिक्षाका लागि ५ दिनको पैदल हिँडेर काठमाडौं जाने बस समात्न बाध्य थिए। 

१५ वर्षको उमेरमा काठमाडौं साइत गरेका सुवेदीले त्यतिबेला मात्र आफ्नो जीवनमा पहिलो मोटरकार देखेका थिए र पहिलोपटक कोकाकोला पिएका थिए। मोटर चलेको दृश्य देखेर उनी निकै रोमाञ्चित भएका थिए। आधुनिकतासँग उनको पहिलो साक्षात्कार त्यही थियो। यसअघि उनले आकाशमा हवाई जहाज उडेको देख्थे, सायद ति जहाज सिंगापुर वा मलेसिया देखि युरोपका लागि उडेका हुन्थे। 

जब सुवेदी काठमाडौं पुगे, साइन्स डिग्री पढ्नका लागि समयसीमा सकिइसकेको बताइयो। अब उनीसँग कानुन डिग्रीको मात्र विकल्प थियो। प्रवेश परीक्षा पास गरेपछि त्रिभुवन विश्वविद्यालयमा उनले पढाइ थाले। पहिलो वर्षको पढाइ सकिएपछि उनले जेहेन्दार छात्रवृत्ति जिते जुन छात्रवृत्ति वर्षको उत्कृष्ट विद्यार्थीका लागि दिइन्थ्यो। 

काठमाडौं बसाइ सुवेदीले स्वर्गमा रहेजस्तै महशुस गरे। बाह्य विश्वबाट आइसोलेटेड कचौरा आकारको काठमाडौं उपत्यका समुद्रसतहदेखि करिब १४ सय मिटर माथि अवस्थित छ र यो मन्दिरहरुको शहर पनि मानिन्छ। काठमाडौं उपत्यकामा असंख्य हिन्दू मन्दिर र बुद्ध गुम्बाहरु छन् र विभिन्न देवी देवताको पूजा गर्न लगभग दैनिक जसो धार्मिक पर्व भइरहेका हुन्छन्। 

हिमालय क्षेत्रबाट वहने हावा स्वच्छ र सफा हुन्थ्यो। उपत्यका वरिपरी देखिने हिमालहरु साँच्चिकै मनमोहक लाग्थे। जीवनको गति सुस्त थियो, मानिसहरु आत्मीय र अतिथी सत्कार गर्ने खालका हुन्थे। आधुनिक कलकारखाना र यातायातले उपत्यकाको सौन्दर्य कुरुप बनाइसकेको थिएन। देशका दुई प्रमुख धर्म हिन्दू र बौद्ध धर्ममा आस्था राख्नेहरु आफ्नो व्यक्तिगत र धार्मिक स्वतन्त्रताबाट रमाइरहेका थिए। यद्यपि उनीहरु राजतन्त्रमा राजनीतिक अधिकारबाट केही वञ्चित देखिन्थे। देश राजा वीरेन्द्रबाट शाषित थियो जो दयालु शासक मानिन्थे। तर, खास राजनीतिक अधिकारको अभावले मानिस पीडित थिए। ति मध्ये एक सुवेदी राजनीतिक अधिकार प्राप्तिका लागि लड्न विद्यार्थी राजनीतिमा होमिएर नेता बनेका थिए।

कानुनको विद्यार्थीका नाताले पहिलो वर्षमा सुवेदीले धेरै राजनीतिक कार्यकर्ता भेटे जसले उनलाई एउटा विद्यार्थी संगठन गण्डकी विद्यार्थी युनियनको अध्यक्ष लड्न सुझाए। उनले चुनाव पनि जितेर सशक्त विद्यार्थी मानवअधिकारवादी नेता पनि बने। सुवेदीले विभिन्न लेख लेख्न र सरकारको एकदलीय शासन (पञ्चायत) विरुद्ध कडा भाषण गर्न थाले। त्यतिखेर राजाले शासन गरेर मुलुक राजतन्त्र व्यवस्थामा थियो। सुवेदीले राजतन्त्र अन्त्यका लागि विद्यार्थी आन्दोलनमा होमिने निधो गरे। एकतन्त्रीय राजतन्त्रलाई संवैधानिक व्यवस्थाभित्र ल्याउने उक्त आन्दोलनमा लाग्दा सुवेदी गिरफ्तारीमा परे। 

दुई सातापछि सुवेदीलाई सानो पुलिस सेलबाट केन्द्रीय कारागार सारियो जहाँ उनलाई राजनीतिक बन्दीका रुपमा अलिकति बढी मानवीय ढंगले व्यवहार गरियो। सुवेदीलाई अन्य राजनीतिक बन्दीहरुसंग बोलचाल गर्न, किताब पढ्न र खुला आकाशमा शारीरिक अभ्यास गर्न दिइयो। जेल बसाइ अलिकति सहज भए पनि सुवेदीलाई कुन अभियोग लगाइन्छ तीन सातासम्म थाहा दिइएको थिएन। त्यो अनिश्चितताले उनलाई धेरै पिरोल्यो र भविष्य उराठलाग्दो बन्यो किनकि कयौं राजनीतिक बन्दीहरु कानूनी सुनुवाइ बिना महिनौं र कति त वर्षौंसम्म थुनामा रहन बाध्य थिए।

अन्तिममा राजा आम जनदवावका कारण देशको भावी राजनीतिक प्रणाली निर्धारण गर्न जनमतसंग्रह गर्ने अवस्थामा झुक्न बाध्य भए। त्यसपछि सुवेदी पनि थुनामुक्त भए। 

जेलबाट छुटेपछि सुवेदी आफ्नो स्वतन्त्रताको सदुपयोग गर्दै जनमत संग्रहमा बहुदल प्रणालीको पक्षमा अभियानको नेतृत्व गरे। यद्यपि जनमत संग्रहको नतिजा मौजुदा एकदलीय पञ्चायत शासन व्यवस्थाकै पक्षमा आएपछि प्रमुख प्रतिपक्षी दलका नेता बीपी कोइरालाले त्यसलाई स्वीकारे। त्यसपछि सुवेदीले सक्रिय राजनीति त्याग्ने निधो गरे र व्यवसायिक कानूनमा करिअर बनाउने निर्णय गरे।

(‘प्रा सूर्य सुवेदी: महाविद्यावारिधिदेखि नोबेल शान्ति पुरस्कार मनोनयनसम्म’ नामक पुस्तकको एक अंश।  पत्रकारद्वय भगीरथ योगी र नवीन पोखरेलको लेखन तथा  सम्पादन रहेको उक्त पुस्तक शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ)

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १७:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काँग्रेस महाधिवेशनको बन्द सत्र सुरु, चार प्रतिवेदन पारित गर्ने तयारी
कांग्रेस सभापतिको उमेदवारी  फिर्ता गर्ने किशोरसिंह राठौरको घोषणा
उपसभापतिका उम्मेदवार चालिसेको उम्मेदवारी फिर्ता
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
काँग्रेस महाधिवेशनको बन्द सत्र सुरु, चार प्रतिवेदन पारित गर्ने तयारी बुधबार, असोज २१, २०८३
कांग्रेस सभापतिको उमेदवारी  फिर्ता गर्ने किशोरसिंह राठौरको घोषणा बुधबार, असोज २१, २०८३
उपसभापतिका उम्मेदवार चालिसेको उम्मेदवारी फिर्ता बुधबार, असोज २१, २०८३
चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा बुधबार, असोज २१, २०८३
भिक्ट्री किङ्सको लगातार दोस्रो जित, केपीएलको सेमिफाइनलमा बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्