• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जब माइलीले श्रीमान्‌को लास रिक्सामा राखेर पशुपति पुर्‍याइन् 

64x64
नेपाल लाइभ शुक्रबार, चैत २, २०८०  १२:२८
1140x725

काठमाडौं– पशुपति मन्दिरको किरियापुत्री भवनको १०७ नम्बर कोठा। माइली राई उनको श्रीमान्‌को किरिया बसेकी छन्। दैनिक मजदुरी गरेर जिविका चलाउँदै आएकी माइलीमाथि फागुन २६ गते एक्कासी बज्रपात पर्‍यो। श्रीमान् रिक्सा चलाउँथे, उनी अरुको घरमा काम गर्थिन्। दुई छोरीमध्ये जेठी गार्मेन्टमा काम गर्थिन् अनि कान्छी विद्यालयमा पढाइ गरिरहेकी थिइन्।

नुवाकोटबाट दु:ख बिर्सन र सुख खोज्दै बालाजुमा आएकी उनको जिन्दगी ठीकै चलिरहेको थियो। तर फागुन २६ गते उक्त खुशी एक्कासी दु:खमा बदलियो। दिउँसो रिक्सा चलाएर आएका श्रीमान् पाण्डव राई साथीहरुसँग खानपिन गरेर सुतेका थिए। तर एक्कासी उनको बोलचाल बन्द भयो। पाण्डवको बोली बन्द भएको र श्वास नफेरेको देखेपछि उनले कति झक्झकाइन् अनि बोलाइन तर उनको केही लागेन।

maili-rai-(3)-1710481931.jpg
पाण्डवले अन्तिम श्वास कतिबेला लिए उनले पत्तो नै पाइनन्। उनीसहित दुई छोरी रुन लागे अनि गुहार माग्दै कराउन लागे। तर पाण्डवले संसार छोडिसकेका थिए। उनले अस्पताल लैजान भनी सहयोग मागिन्। उनको गुहार सुनेर वरिपरिका मानिसहरु जम्मा भए तर पाण्डवको श्वास नरहेको निष्कर्ष निकालियो। अनि उनीहरुले अस्पताल नभई अन्तिम संस्कारका लागि पशुपति लैजान सुझाव दिए।

साँझसम्म बोलिरहेका श्रीमान् एक्कासी बितेपछि माइलीको होस नै हरायो।  ‘एक्कासी आएको यो समयले म आफैं मुर्छा परेँ। केही समय त धर्ती नै हल्लियो। मैले केही सोच्न सकिनँ,’ किरियापुत्री घरमा भेटिएकी माइलीले भनिन्। अनि त्यसपछि उनको दु:ख झन सुरु भयो। उनले लास अन्तिम संस्कारका लागि पशुपति लैजानुपर्ने भएपछि सहयोग मागिन्। तर पर्याप्त सहयोग पाइनन्।

उनले ट्याक्सीलाई पशुपति लैजान बोलाइन्। तर कुनै पनि ट्याक्सीले शव बोकेर जान मानेनन्। उनले एम्बुलेन्सको खोजी गरिन्। केही ठाउँमा फोन पनि गरिन् तर कतै पनि भएको र आउने खबर पाइनन्। त्यसपछि उनलाई लाग्यो अब श्रीमान्‌को अन्तिम संस्कारका लागि पनि म एक्लै छु।

Ncell 2
Ncell 2
nimb
nimb

maili-rai-(2)-1710481931.jpg
‘सुरुमा टयक्सीको खोजी गर्‍यौं। एम्बुलेन्स पनि बोलाएका थियौं,’ माइलीले भनिन्,  ‘तर केही पनि पाइन। घरमा शव धेरै राख्ने कुरा पनि भएन। रात बढ्दै गएको थियो।’ त्यसपछि उनले नजिकैको एक जना रिक्सा चालकको सहयोग लिइन् अनि रिक्सामै लास राखेर पशुपति लैजाने निधो गरिन्। उनले छोरीहरुको सहयोग लिएर रिक्सामा लास राखेर पशुपति हिँडिन्। उनले मेसिनबाट जलाउन सहज हुने सुनेकी थिइन्। त्यसैले विद्युत्तिय शवदाह गृहमा श्रीमान्‌को लास लगिन्।

तर उनलाई थाहा थिएन पशुपतिमा लास पोल्न पनि पैसा चाहिन्छ।  ‘म सँग तीन हजार जति थियो। लास जलाउन पैसा लाग्छ भन्ने थाहा नै थिएन,’ उनले भनिन्,  ‘यही तीन हजार खर्च गरे किरिया के ले गर्ने अप्ठारोमा परेँ।’ माइलीको अप्ठ्यारो बुझेपछि दाताको खोजी भयो। माइलीलाई नरोत्तम वैद्य लगायतले लास पोल्ने व्यवस्था मिलाइदिन अनि किरिया बस्नका लागि किरियापुत्री भवनसमेत मिलाइदिए।

‘पशुपतिकै एकजना सरले लास पोल्न र यहाँ बस्ने व्यवस्था गरिदिनु भयो,’ माइलीले भनिन्, ‘हामीलाई केही आर्थिक सहयोग पनि गर्नु भयो।’ माइलीलाई शुक्रबार समाजसेवी सुनिल रानाभाटले केही आर्थिक सहयोग जुटाएर हस्तान्तरण गरेका छन्। सुनिलले सामाजिक सञ्जालमा माइलीको अवस्थाबारे सुनेका थिए।

maili-rai-(1)-1710481931.jpg
 

‘सामाजिक सञ्जालमा रिक्सामा लास ल्याएको अनि पशुपतिको किरियापुत्री भवनमा बसेको तर आर्थिक अवस्था नाजुक भएकाले समस्या भएको सुनेपछि यहाँ आएको हुँ,’ उनले भने,  ‘अभावमा रहेका यस्तालाई सहयोग सबैले गर्न पनि म आग्रह गर्दछु।’ आफूले  केही थप सहयोग चाहिए सम्पर्क गर्न भनेको र परेमा गर्ने पनि उनले बताए।

‘लास पोल्न र किरिया नै गर्न समस्या भएको सुनेपछि मलाई सारै मन छोयो। अनि करिब एक महिनाका लागि खाद्यान्न, फलफूल र केही रकम जुटाएर सहयोग गरेको छु,’ हामी पशुपतिको किरियाघर पुग्दा भेटिएका उनले भने, ‘मानविय सहयोग नै धर्म हो भन्ने ठानेर सहयोग गरेको हुँ।’ माइलीकी दुई छोरी छन्। जेठी छोरी गार्मेन्टमा काम गर्थिन् तर पछिल्लो आर्थिक मन्दीले काम छैन भनी घरमै बसेकी छन्।

‘जेठी छोरीको पनि अहिले काम छैन। कमाउने श्रीमान् थिए त्यही पनि गुमाएँ, ’ उनले भनिन्, ‘भगवानले एकै पटक सबै पारे। तर यो दु:खमा धेरैले सहयोग गर्नु भएको छ।’ विधुवा किरियापुत्री माइली राईलाई हालसम्म १२ लाख भन्दा बढी नगद सहयोग प्राप्त भइसकेको छ। वस्तुगत सहयोग पनि करिब १ लाख भन्दा बढी आइसकेको छ। सहयोग आउने क्रम जारी रहेकाले कसैको कोही नभए भगवान हुने आसा रहेको उनले बताइन्।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १२:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले केन्द्रीय कमिटी बैठक सुरु
राष्ट्रसंघको महासचिवका रूपमा अन्तिम सम्बोधन गर्नुअघि गुटेरेसले भने: बढ्दैछन् युद्ध, निष्क्रिय बन्दैछ सुरक्षा परिषद्
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
सुनचाँदीको मूल्य घट्यो मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक सुरु मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासचिवका रूपमा अन्तिम सम्बोधन गर्नुअघि गुटेरेसले भने: बढ्दैछन् युद्ध, निष्क्रिय बन्दैछ सुरक्षा परिषद् मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड महिला कबड्डीमा नेपालको रोमाञ्चक जित मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्