• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संक्रमणकालीन न्यायमा सर्वोच्चको अर्को परमादेश ‘आयोग गठन गरी पदाधिकारी नियुक्ति गर्नु र छानबिनसम्म तत्काल थाल्नू’

64x64
नेपाल लाइभ बुधबार, फागुन ३०, २०८०  २१:३०
1140x725

काठमाडौं– लामो समयदेखि अल्झिरहेको संक्रमणकालीन न्यायसम्बन्धी प्रक्रियामा सरकारलाई दबाब दिनेगरी सर्वोच्च अदाललते फेरि अर्को आदेश गरेको छ। सर्वोच्च अदालतले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा एक महिनाभित्र पदाधिकारी नियुक्ति प्रक्रिया सुरु गर्न सरकारलाई आदेश जारी गरेको हो।

न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले सरकारमा नाममा यस्तो आदेश गरेको छ। अधिवक्ता ज्ञानेन्द्रराज आरणले दायर गरेको रिटको पूर्णपाठमा सरकारलाई यस्तो आदेश दिएको हो। दुई न्यायाधीशमध्ये पौडेल कुनै समय बेपत्ता आयोगका सचिव थिए। उनी सरकारी वकिल समूहमा रहँदा संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा सचिवको रुपमा काम गरेका थिए। संक्रणकालीन न्यायलाई नजिकबाट बुझेका उनले फैसलामा त्यसलाई झल्काएको देखिन्छ।

सशस्त्र द्वन्द्वका क्रममा भएका घटनाहरुको उजुरी संकलन गरेर प्रारम्भिक छानबिन भएका छन्। यसअघि दुई पटक आयोगका पदाधिकारी नियुक्त भएका थिए। ती पदाधिकारीहरुले आफ्नो कार्यकाल विताए पनि काम हुन सकेको छैन। सर्वोच्च अदालतले यसअघि ऐन सम्बन्धी केही मुद्दामा फैसला सुनाएको थियो। फेरि एक पटक सर्वोच्चले संक्रमणकालीन न्यायको विषयमा सरकारलाई चेतावनीसहितको आदेश गरेको छ। न्यायाधीश  रेग्मी र  पौडेलको इजलासले १५ माघमा यो मुद्दामा फैसला सुनाएको थियो। फैसलाको मंगलबार सार्वजनिक पूर्णपाठमा एक महिनाभित्र आयोग गठन प्रक्रिया अघि बढाउन नेपाल सरकारको नाममा परमादेश जारी हुने  उल्लेख छ।

सर्वोच्चले उक्त दुवै आयोगमा पदाधिकारी नियुक्तिसँगै ऐन संशोधन गरी काम गर्ने वातावरण सरकारले तत्काल बनाउनुपर्ने भनेको छ। ‘प्रस्तुत मुद्दाको पूर्णपाठ प्राप्त गरेका एक महिनाभित्र सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीहरुको नियुक्तिका लागि सिफारिस समिति गठन कार्य सम्पन्न गरी नियुक्ति प्रक्रिया प्रारम्भ गर्नू भनी नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाउँमा परमादेश जारी हुने ठर्हछ,’ फैसलाको पूर्णपाठमा भनिएको छ। 

सरकारले द्वन्द्वकालमा भएका घटनाहरुको सत्य निरुपण गरी मेलमिलाप गर्ने र बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्ने उद्देश्यले २८ माघ २०७१ मा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरेको थियो। ती आयोगमा दुई पटक पदाधिकारीहरु नियुक्त भए तर दुबै पटकका पदाधिकारीले आफ्नो अवधि सकेर पदमुक्त भइसकेका छन्। पहिलो पटक सूर्यकिरण गुरुङ र लोकेन्द्र मल्लिक नियुक्त भएका थिए भने दोस्रो पटक गणेशदत्त भट्ट र युवराज शर्मा नियुक्त भएका थिए।  

Ncell 2
Ncell 2
nimb
nimb

दोस्रो पटक नियुक्त भएका पदाधिकारीहरु ३१ असार, २०७९ मा पदमुक्त भएका थिए। त्यसपछि नयाँ पदाधिकारी नियुक्त हुन सकेका छैनन्। सरकारले ऐन संशोधनका लागि पटक–पटक सदनमा विधेयक लैजाने गरेको छ। तर उक्त विधेयकमा राजनीतिक सहमति हुने गरेको छैन। राजनीतिक सहमति नहुँदा विधेयक सधैं अलपत्र भइरहेको छ। 

अहिले पनि विधेयक संघीय संसद्‌मा कानुन न्याय तथा मानव अधिकार समितिमा छ। उप–समितिले केही बुँदामा सहमति गर्न बाँकी राखेर समितिमा पठाएको थियो। समितिमा छलफल हुँदा केही बुँदामा सहमति जुटे पनि केहीमा भने बाँकी नै रहेको छ। विधेयकको छलफल चलिरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठवन्धन नै परिर्वतन गरेपछि यो अन्योलमा रहेको छ।

सर्वोच्च अदालतले आयोगमा पदाधिकारी नहुँदा पनि उजुरी छानबिन अघि बढाउन सकिने भन्दै १५ दिनभित्र द्वन्द्वपीडितहरुको संस्थाका प्रतिनिधि र दुवै आयोगको सचिवहरुसँगको परामर्शमा कार्यटोली गठन गर्न आदेश दिएको छ। कार्यटोलीले पदाधिकारी नियुक्त नहुञ्जेल आयोगमा परेका उजुरीको प्रारम्भिक छानबिन गर्न सक्ने सर्वोच्चको आदेश छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

‘पदाधिकारी नभएको अवस्थामा आयोगका सचिवले कार्यटोली गठन गरी पीडितमैत्री वातावरण सिर्जना गरी प्रारम्भिक छानबिनको कार्य प्रारम्भ गर्न गराउन सक्ने गरी आवश्यक र उपयुक्त प्रबन्ध गर्न गराउन भनी नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा लेखी पठाउने’, सर्वोच्चको पूर्णपाठमा भनिएको छ।

त्यस्तै आदेश प्राप्त गरेको १५ दिनभित्र पीडितको शीघ्र सत्य तथ्य जान्न पाउने र न्यायको हक सुनिश्चित र संरक्षित गर्नका लागि सशस्त्र द्वन्द्वबाट पीडित भएका व्यक्तिहरुको संस्थाका प्रतिनिधिहरु र दुवै आयोगका सचिवबहरुसँग परामर्श गरी सचिवहरुकै कार्यटोली गठन गरी पीडितमैत्री वातावरण सिर्जना गरी प्रारम्भिक छानबिन कार्य सुरु गर्ने प्रबन्ध मिलाउनसमेत सर्वोच्चले फैसलाको पूर्णपाठमा भनेको छ।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  २१:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तिब्बतमा शक्तिशाली भूकम्प : १६ जनाको मृत्यु, ३२ घाइते
रास्वपा सभापति लामिछाने तीर्थाटनका लागि आज भारत जाँदै
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो
सम्बन्धित सामग्री
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग कांग्रेसले निर्दोष नागरिकलाई निशाना बनाउने यस्ता हिंसात्मक घटनाले मानवता र मानवीय मूल्य मान्यतामाथि प्रहार गरेको जनाएको छ। शुक्रबार, कात्तिक ६, २०८३
रास्वपा सभापति लामिछाने तीर्थाटनका लागि आज भारत जाँदै लामिछानेको निजी सचिवालयका अनुसार उनी  आजदेखि भारत भ्रमणमा जान लागेका हुन्। भ्रमणका क्रममा उनले परिवारसहित उत्तराखण्डको नैनीतालस्थित... शुक्रबार, कात्तिक ६, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
तिब्बतमा शक्तिशाली भूकम्प : १६ जनाको मृत्यु, ३२ घाइते शुक्रबार, कात्तिक ६, २०८३
रास्वपा सभापति लामिछाने तीर्थाटनका लागि आज भारत जाँदै शुक्रबार, कात्तिक ६, २०८३
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्