एजेन्सी – घरेलु भूमि र युएईमा आयोजना हुने च्याम्पियन्स ट्रफीका लागि साविक विजेता पाकिस्तानी टोलीको घोषणा भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले शुक्रबार मोहम्मद रिजवानको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
१९ फेब्रुअरी देखि ९ मार्च सम्म आयोजना हुने आइसिसी च्याम्पियन्स ट्रफीको लागि पिसिबीले ११ फेब्रुअरी सम्म टोलीमा कुनै पनि परिवर्तन गर्न सक्नेछ । यसै टोलीले च्याम्पियन्स ट्रफी अघि हुने न्युजिल्याण्ड र दक्षिण अफ्रिका सम्मिलित त्रिकोणात्मक ओडिआई सिरिज पनि खेल्नेछ ।
पाकिस्तान च्याम्पियन्स ट्रफीको समूह ‘ए’ मा भारत, बंगलादेश र न्युजिल्याण्ड रहेको छ । पाकिस्तानले १९ फेब्रुअरीमा न्युजिल्याण्डसँग खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ । भारतले आफ्ना सबै खेल युएईमा खेल्नेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।