काठमाडाै- नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षका लागि युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। आइतबार बसेको कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।
शर्मा लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए।
नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको सचिवालयका निजी सचिव केशवराज जोशीले त्यस्तो निर्णय गरिएको बताए ।
यसअघि कृष्ण सिटाैलालाई अध्यक्षकाे रुपमा चर्चा गरिएकाे थियाे । तर सत्ता गठवन्धन छाेडेर माओवादी केन्द्र एमालेसँग गठवन्धन गरेपछि शर्मालाई उम्मेदबार नबनाउने कांग्रेसले निर्णय गरेकाे हाे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।