काठमाडौं- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मजदुर किसानहरु नै देशको बहुमत जनता भएको बताएका छन्।
शुक्रबार भक्तपुरको भाजपुखू र जलेश्वर मन्दिरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पद ठूलो हुँदैमा र मान्छे धनी हुँदैमा सबै राम्रा हुन्छन् भन्नेकुरा सत्य नरहेको बताए। उनले उनीहरुको गल्ती कमजोरीबाट सिकेर आम नागरिकहरुले राम्रो काम गर्नुपर्ने बताए।
उनले पुरातात्किव र धार्मिक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण र पुनः निर्माणमा राज्यका निकायहरुले चासो नदिएको बताए।
उनले भने, ‘मजदुर किसानहरु नै देशको बहुमत जनता हो। ठूला ठूला मानिसहरुको भ्रष्टाचारको विषयमा त पूर्ववक्ता साथीहरुले भनि हाल्नुभयो। पद ठूलो हुँदैमा, मान्छे धनी हुँदैमा उनीहरु राम्रा हुन्छन् भन्नेकुरा सत्य होइन। त्यसकारण तिनीहरुको गल्ती कमजोरीबाट सिकेर त्यस्तो काम नहोस् भन्नेकुरा मनमा राखौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।