फाइल तस्बिर
काठमाडौं– त्रिशुलीमा भएको बस दुर्घटनामा वेपत्ता भएका एक युवाको शव फेला परेको छ। बिहीबार बिहान साढे ११ बजेतिर सशस्त्र प्रहरी बलको सुरक्षा वेश आदामघाट धादिङबाट खटिएको गोताखोरको टोलीले शव फेला पारेको हो।
दुर्घटनास्थबाट करिब डेढ सय मिटर तल त्रिशुली नदीमा शव भेटिएको छ। अन्दाजी २०/२५ वर्षका पुरुषको शव भेटिएको हो। शवको सनाखत हुन बाँकी नै छ।
कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट बुधबार बिहान त्रिशुली नदीमा खसेको थियो। दुर्घटनामा ७ जनाको मृत्यु भएको थियो भने ३७ जनाको जिवितै उद्धार गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।