• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्री प्रचण्डका तीन चुनौती

64x64
नेपाल लाइभ बिहीबार, फागुन २४, २०८०  ०८:४२
1140x725

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले, रास्वपा र एकीकृत समाजवादीलाई समेट्दै मन्त्रिपरिषद्लाई करिब पूर्णता दिएका छन्। सोमबार पुनर्गठित मन्त्रिपरिषद्‌मा नयाँ सदस्यहरू थप्दै उनले मन्त्रिपरिषद्लाई २० सदस्यीय बनाएका छन्। मन्त्रिपरिषद् पुनर्गठनसँगै उनले कांग्रेससँगको करिब एक वर्षे सहयात्रा टुंग्याएका थिए।

चाहे जस्तो काम गर्नका लागि कांग्रेससँगको गठबन्धनबाट असहयोग भएको माओवादी केन्द्रका नेताहरूले बताउँदै आएका छन्। नयाँ गठबन्धन डेलिभरीमा केन्द्रित हुने मन्त्रिपरिषद्‌मा सहभागी कतिपय दलका नेताहरूको भनाइ छ। तर प्रधानमन्त्री प्रचण्ड यसपटक चुनौतीरहित छैनन्, बरु उनको स्वभावले गर्दा थप चुनौती सिर्जना भइरहेको छ।

गठबन्धनको आयु लम्ब्याउने
कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँगको गठबन्धन पुनः सुरु गरेका प्रचण्डका निम्ति यो गठबन्धनको आयु लामो बनाउने चुनौती छ। किनकि सत्ता सहयात्रामा एमाले र माओवादी केन्द्रको गठबन्धन यसअघि कहिल्यै सुखद् भएका छैनन्।

२०६५ मा पहिलो पटक प्रधानमन्त्री बन्दा प्रधानसेनापति रुकमांगद कटुवाललाई पदमुक्त गर्ने प्रयास एमालेकै कारण असफल भएको थियो। २०६७ मा झलनाथ खनाल प्रधानमन्त्री बन्दा माओवादीको दोहोरो व्यवहारका कारण उनले ६ महिनामै राजीनामा दिनुपरेको थियो। २०७२ मा केपी शर्मा ओली प्रधानमन्त्री बन्दा माओवादीले आफैंले बनाएको सरकार छाडेर कांग्रेससँग गठबन्धन गरेको थियो। २०७४ मा त सत्ता गठबन्धन मात्रै होइन, चुनावी गठबन्धन र पार्टी एकता नै भएको थियो। जुन सफल भएन। २०७९ पुसमा पनि यी दुई पार्टीले सरकार बनाउन गठबन्धन गरेका थिए। तर प्रचण्डले असहज महसुस गरेको भन्दै एक महिनामै विकल्प खोजेर कांग्रेससँग गठबन्धन बनाएका थिए।

यसअघिका गठबन्धन भत्किनुमा प्रचण्डले कांग्रेस तथा एमालेलाई दोष लगाउन पाएका थिए। त्यो केही हदसम्म स्थापित पनि भएको थियो। तर यसपटक उनले गठबन्धन परिवर्तन गर्नैपर्नाको पत्यारपूर्ण कारण प्रस्तुत गर्न सकेका छैनन्। बरु उनी सहजै गठबन्धन गर्न सक्ने नेताको रुपमा आलोचित भएका छन्। साथै, उनको राजनीतिक विश्वसनीयतामा थप क्षति पुगेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

नयाँ गठबन्धनको आयुमा धेरैले शंका गरेका छन्। किनकि, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनको सम्बन्ध हार्दिक रहेको अघिल्ला घटनाक्रमले देखाउँदैनन्। उनीहरू दुई जनाकै असमझदारीले यो गठबन्धन केही महिनामै भत्किन सक्छ भन्ने धेरैको आशंका छ। त्यसैले प्रचण्डले यो गठबन्धनलाई सहज रुपमा कसरी अगाडि बढाउँछन्, त्यो हेर्न बाँकी छ।

डेलिभरीको चुनौती
प्रचण्डले यस पटक प्रधानमन्त्रीको कार्यकाललाई अन्तिम अवसरको रुपमा प्रस्तुत गर्ने गरेका छन्। तर सरकारको नेतृत्व गरेको १४ महिना बितिसक्दा पनि त्यसको संकेत देखिएको छैन। सुरुवातका केही महिना उनले गठबन्धन बनाउन, मन्त्रिपरिषद्लाई पूर्णता दिन, गठबन्धन फेर्न, नयाँ गठबन्धनबाट मन्त्रिपरिषद्लाई पूर्णता दिनमै खर्च गरेका थिए। त्यसपछि केही समय उनले लय समात्ने आकलन गरिएको थियो। कतिपय अनियमितताका काण्डहरूमाथि अनुसन्धान अघि बढेका पनि थिए। तर त्यस्ता अनुसन्धानहरू अमुक पार्टी र अमुक नेतालाई जोगाउने अभिप्रायले सिथिल बनेको आरोप लागिरहेको छ। त्यसलाई पुनः गति दिन र अनियमिततामा संलग्नहरूलाई कारबाही गरिएको हेर्ने धेरैको प्रतीक्षा छ।

अब उनले यसमा गति लिन्छन् कि पुरानो गठबन्धन छँदा एकथरीको दबाबमा, नयाँ गठबन्धन छँदा अर्कोथरीको दबाबमा पर्ने गोलचक्करमा फसिरहन्छन्, हेर्न बाँकी नै छ।
 
अर्कोतिर, पछिल्ला सरकारहरूले नागरिकमा आशा जगाउन सकेका छैनन्। यही देशमा केही हुन्छ, गर्न सकिन्छ भन्ने लहर सिर्जना गर्न सकेका छैनन्। बरु राजनीति यस्तै विकृत हो, सधैं सत्ताको खेल चलिरहन्छ, भागबण्डाको खेल चलिरहन्छ, यहाँ भविष्य छैन भन्ने धेरैलाई पर्न थालेको छ। नागरिकका सानातिना सरोकारको पनि सम्बोधन नहुने स्थिति छ। उखु किसान, दूध किसान, मिटरब्याज पीडित, महिला हिंसाका पीडितहरूले न्यायका लागि गर्नुपरेको संघर्षले यो देशमा श्रम गरेर खाने, पहुँचविहीन नागरिक, भूइँ मान्छेहरूका निम्ति पाइलापाइलामा कठिनाइ छ भन्ने नै स्थापित भएको छ। त्यसैले आम मानिसका निम्ति सरकारका नीति कस्तो हुन्छ, मुख्यतः त्यसको कार्यान्वयनको पाटो कसरी अगाडि बढ्छ भन्ने प्रतीक्षा छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

संक्रमणकालीन न्याय
माओवादी केन्द्रका निम्ति सबैभन्दा मुख्य चासो रहेको विषय हो, संक्रमणकालीन न्याय। माओवादी केन्द्र जोडिएको पछिल्लो सबै जसो सरकार गठन र पुनर्गठनमा यो विषय एउटा समझदारीको रुपमा रहने गरेको छ। तर, यथार्थमा त्यो बेवास्तामा पर्ने गरेको छ। जसका कारण प्रचण्ड र समग्रमा माओवादी केन्द्रका निम्ति संक्रमणकालीन न्याय टाउकोमाथिको तरबार जस्तो भएको छ। त्यसैले पनि उनले बाह्य कारणहरू जे-जे बताउने गरेको भए पनि आन्तरिक रुपमा गठबन्धन परिवर्तनमा यही विषय प्रधान रहने गरेको छ।

पछिल्लो पटक संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदीय समितिबाट पारित हुने अवस्थामा पुगेको थियो। तर कानुन मन्त्री धनराज गुरुङले समय मागेर त्यसलाई होल्ड गरिदिएका थिए। यसलाई माओवादी केन्द्रले कांग्रेसको असहयोगको रुपमा चित्रित गरेको छ। संक्रमणकाली न्यायको सवालमा माओवादी केन्द्रभन्दा विपरीत मत राख्ने एमाले समेत तयार भइसकेको स्थितिमा कांग्रेस मन्त्रीको व्यवहार माओवादी केन्द्रलाई चित्त बुझेको छैन। अबका दिनमा कांग्रेसकै कारण यो विधेयक सहमतिमा पारित हुने सम्भावना न्यून छ। किनकि, आफैंलाई धोका दिएर हिँडेको माओवादीलाई सहज हुने गरी उसले आफ्ना कदमहरू नचाल्न सक्छ।

नयाँ गठबन्धन बनाउन तयार भएका चार दलहरू एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाबीच फागुन २१ मा भएको ८ बुँदे सहमतिको चौथो बुँदामा भनिएको छ, 'संक्रमणकालीन न्याय सम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अबिलम्ब टुंग्याउने।'

धेरै कारणले माओवादी केन्द्रका निम्ति यो विषय टुंग्याउने यो अन्तिम अवसर जस्तै भएको छ। तर सहमतिमा त्यसलाई टुंग्याउने चुनौती भने छ। यहाँका दलहरूबीच नै सहमति हुन सकेन भने बाह्य शक्तिको दबाब झेल्न प्रधानमन्त्रीलाई झनै मुस्किल हुनेछ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  ०८:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट
तिब्बतमा शक्तिशाली भूकम्पमा परि १६ जनाको मृत्यु , ६५ घाइते
सम्बन्धित सामग्री
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी अर्थमन्त्री वाग्लेले भारतको नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गरेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’का क्रममा अर्थमन्त्री वाग्ले र भारतीय प्रधानमन्त्री मोदीबिच भे... शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश गड्डाचौकीबाट भारतीय नम्बरको गाडीमा परिवारसहित भारतीय सुरक्षाकर्मीको स्कर्टिङमा लामिछाने भारततर्फ लागेका हुन् । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
तिब्बतमा शक्तिशाली भूकम्पमा परि १६ जनाको मृत्यु , ६५ घाइते शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्