काठमाडौं- लोकगायक तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेल विरुद्ध काठमाडौँ जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगमा दर्ता भएको मुद्दा फिर्ता भएको छ।
काठमाडौँ जिल्ला अदालतमा कँडेल विरुद्ध मुद्दा दर्ता गर्ने पीडित महिलाले नै फिर्ता गरेको अदालतले जनाएको छ।
इन्द्रेणी कार्यक्रममै कलाकार तथा कर्मचारीका रूपमा काम गर्ने एक महिलाले आफूमाथि पटकपटक जबरजस्ती करणीको प्रयास भएको भन्दै कँडेल विरुद्ध फागुन १३ गते आइतबार मुद्दा दर्ता गराएकी थिइन्।
आफूलाई पटकपटक करणीको प्रयास गरिएको र महिलाकै कोठामा समेत पुगेर करणीको प्रयास भएको भन्दै ती महिलाले हदैसम्मको कारबाही र क्षतिपूर्तिको माग गर्दै कँडेल विरुद्ध मुद्दा दर्ता गराएकी थिइन्।
अहिले भने ती पीडित महिलाले कँडेलसँग आफ्नो कुरो मिलेको भन्दै मुद्दा फिर्ता लिएकी हुन्। पीडित महिलाले आफू विरुद्धको मुद्दा फिर्ता लिएपछि गायक कँडेलले पनि ती महिला विरुद्ध काठमाडौँ जिल्ला अदालतमा दर्ता गराएको गाली बेइज्जतीको मुद्दा समेत फिर्ता लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।