• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत २७, २०८२ Fri, Apr 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पुन: शक्तिमा फर्किएका पुन

64x64
नेपाल लाइभ बुधबार, फागुन २३, २०८०  २०:२२
1140x725

काठमाडौं- माओवादी केन्द्रबाट वर्षमान पुनले फेरि अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्। देशको अर्थतन्त्रमा निराशा छाएको समयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई पत्याएका हुन्। 

पुनले पछिल्ला केही वर्ष दोहोरो संघर्षमा बिताएका छन्। आफ्नै स्वास्थ्य अवस्था  'क्रिग्लर नज्जार सिन्ड्रोम' भनिने वंशाणुगत जन्डिसबाटसँग उनी लामो समय जुधे। थाइल्यान्डदेखि चिनसम्म पुगेर त्यसको उपचार गर्नुपर्‍यो। त्यही समयमा माओवादी केन्द्रको महाधिवेशन भयो। प्रचण्डपछि पार्टीको 'कमान्डर'का रुपमा प्रोजेक्सन गरिएका उनलाई महासचिव बन्नबाट रोकियो। अध्यक्ष प्रचण्डले चाहेर पनि महासचिव बनाउन सहज नभएपछि उनी उपमहासचिवमै खुम्चिए। 

सत्ताभन्दा पर रहेका उनी वर्तमान राजनीतिका दोस्रो तहका चतुर नेतामध्ये पर्ने उनी निष्क्रिय भएर बसेनन्। उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग समदूरी कायम गरेर राखे। संवादलाई निरन्तरता दिए। नेपाली कांग्रेससँगको गठबन्धनमा आफू नराम्ररी बाँधिएको महसुस गरेका प्रचण्डलाई त्यहाँबाट निकाले अवस्थाका सूत्रधार पुन बने। आफूलाई एमालेको समेत विश्वासप्राप्त अर्थमन्त्रीका रुपमा उनले सपथ लिएका छन्। 

पार्टी भित्र उनीसँग प्रतिस्पर्धा गरिरहेकाहरुलाई यसपल्ट उनले उछिनेका छन्। उनी प्रचण्डसँग निकट मात्रै होइन, शक्तिमा समेत फर्किएका छन्। 

दुईपल्ट मृत्युमाथि विजय
पुनले यसपल्ट ‘सिग्गलर नाजार टाइप टु सिन्ड्रोम’ रोगबाट आफूलाई उम्काए। वंशाणुगत जण्डिस भनिने उनको यो समस्या नयाँ होइन। तर यसपल्ट उनलाई नराम्ररी गाँज्यो। उक्त समस्याबाट उनी युद्धकालदेखि नै पीडित थिए। यही बीचमा बढेपछि उनीले भारत, थाइल्याण्ड र चीनमा उपचार गराए। 

कुनै समय उनको स्वास्थ्य अवस्था अत्यन्त जटिल र चिन्ताजनक नै बनेको उनी निकटस्थहरु बताउँछन्।  चीनमा गरिएको उपचारले उनलाई अहिलेको अवस्थामा पुर्‍याएको हो।  

त्यसअघि युद्धका समयमा पनि उनी पटक-पटक मृत्युको मुखबाट फर्केका हुन्। मर्न वा मार्नका लागि युद्धमा होमिने भएकाले अस्वभाविक पनि होइन। पुनका अनुसार डोल्पा सदरमुकाम, अछाम सदरमुकाम मंगलसेन, बन्दीपुर हाइवेको आक्रमण उनी संयोगले बाँचेका हुन्। 

उनले सुनाएअनुसार अर्को एक ठाउँमा पनि उनी घेराबाट फुत्किएका हुन्। महरा र अनन्त सल्यानको बाँफुखोलामा थिए । त्योबेला अनन्तको छोरी शिला भर्खरै जन्मिएकी थिइन्। सात उनकी श्रीमती तथा पूर्व सभामुख ओनसरी घर्ती ७ दिनकी सुत्केरी थिइन्। त्यसै ठाउँमा चारैतिरबाट प्रहरीले घेरा हाल्यो। सुत्केरी ओनसरी छोरीलाई हातमा उनी जंगलतिर लागिन्। अर्को घरमा रहेका महरा र अनन्त प्रहरी घेरामा परे त्यसबेला अनन्तले पेस्तोलबाट फायर प्रहरीतर्फ फायर गर्दै आफूलाई जंगलमा पुर्‍याएर जोगाएको पूर्व सभामुख कृष्णबहादुर महराले विभिन्न समयमा सम्झना गरेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

राजनीति र सैन्य कमान्डर
माओवादी जनयुद्धमा एक साथ राजनीतिक र सैन्य नेतृत्व गर्ने नेतामा पुन पनि पर्छन्। प्रचण्ड अध्यक्ष र जनमुक्ति सेनाका सुप्रिम कमान्डर थिए। प्रचण्डपछि दुवै मोर्चा पार्टीको कमाण्ड इन्चार्ज र डेपुटी कमाण्डर भएर सैन्य इन्चार्ज भएका छन्। 

पश्चिममा रहँदा माओवादीको सैन्य संरचना बलियो बनाएका उनलाई २०५९ मा पार्टीले पूर्वी नेपालमा खटायो। काठमाडौंदेखि पूर्वीभागलाई समेटेर बनाइएको पूर्वी कमाण्डको ईन्चार्ज मोहन वैद्य ‘किरण’ थिए। त्यसको सेकेण्डम्यान पुन थिए।  त्योबेलाका भोजपुर सदरमुकाम, बन्दीपुरको हाइवे,  काठमाडौंको थानकोट, दधीकोटदेखि साँखुसम्मको आक्रमणको योजनाकार उनी नै थिए। त्यसैगरी सिन्धुपाल्चोकको चौतारा, काभ्रेको पनौती लगायतका आक्रमणमा आफू सहभागी रहेको उनी बताउँछन्। 

२०६२ को चुनाबाङ बैठकपछि अनन्त जनमुक्ति सेनाको डेपुटी कमाण्डर बने। सँगसँगै काठमाडौं उपत्यका र उपत्यका आसपासका जिल्लालाई समावेश गरेर बनाइएको विशेष कमाण्डको राजनीतिक इन्चार्ज बने। 

रोल्पामा जनयुद्धको आधार तयार गर्न नेतृत्वदायी भूमिका खेलेका उनले १० वर्षपछि विशेष कमाण्डको इन्चार्ज बनेर २०६२/६३ को जनआन्दोलनमा उनले नेतृत्वदायी भूमिका खेले सैन्य र राजनीतिक सन्तुलन मिलाउँदै काम गर्ने क्रममा उनले तत्कालीन सात दलका नेतासँग समन्वय गर्दै जनआन्दोलन सफल बनाउन काभ्रेबाट ९१ हजार ६०० जना काठमाडौं पठाएको बताउँछन्।  

अफ्ठ्यारोमा सहजकर्ता, निरन्तर सफलता
राजनीतिक जीवनमा पुन सफलमध्ये नै पर्छन्। कम उमेरमा महत्वपूर्ण जिम्मेवारी उनले पाएका छन् र फत्ते गरेर प्रमाणित पनि गरेका छन्। निरन्तर सक्रियता, धैर्यता र सकारात्मक हुने स्वभावका उनीसँग जनयुद्धकालदेखि नै विरोधीसँग पनि संवाद गर्ने क्षमता रहेका उनका सहकर्मीहरु बताउँछन्। 

जनयुद्ध मात्र होइन त्यसपद्धिका राजनीतिक घटनाक्रममा प्रचण्डलाई अप्ठ्यारो पर्दा समन्वयकर्ताको भूमिकामा उनी देखिएका छन्। 

नेकपा एमाले र माओवादी केन्द्रलाई एक ठाउँ ल्याएर नेकपा बनाउन उनको महत्वपूर्ण भूमिका छ। फेरि टाढिएका ओली र प्रचण्डलाई अहिलेको अवस्थामा पुर्‍याउन पनि उनले भूमिका खेलेका छन्। 

पुन २०५५ मा चौथो विस्तारित बैठकबाट अनन्त माओवादीको केन्द्रीय सदस्य बनेका हुन्। त्यो केन्द्रीय समितिमा उमेरले सबैभन्दा कान्छो उनी नै थिए। त्यो बेला शक्ति बस्नेत, नेत्रविक्रम चन्द, हितमान शाक्य, मणि थापा, चक्रपाणि खनाल त्यही विस्तारित बैठकबाट एकसाथ केन्द्रीय समितिमा बढुवा भएका हुन्। 

एक साथ सात जना युवा केन्द्रीय समितिमा पुगे र त्यसले माओवादी आन्दोलनलाई निर्णायक मोड दिएको मानिन्छ। २०५७ मा भएको दोस्रो राष्ट्रिय सम्मेलनबाट अनन्त वैकल्पिक पोलिट्व्यूरो सदस्यमा निर्वाचित भए। २०५९ मा भारतको गोवामा बसेको बैठकबाट उहाँ पूर्ण पोलिट्व्यूरो सदस्य भए। 

२०६२/२०६३ को शान्तिप्रक्रिया लगतै माओवादीमा शक्तिशाली १३ सदस्यीय सचिवालय बन्यो । अनन्त त्यसमा सदस्य बने। त्यसपछि माओवादी पार्टीमा बन्ने सचिवालय, हेड्क्वाटरमा अनन्त निरन्तर सदस्य रहे। एकीकृत नेकपा (माओवादी)को हेटौडा महाधिवेशनपछि विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनपछि उनी सचिवमा निर्वाचित भए। नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनपछि २०७९ भदौमा बसेको केन्द्रीय कमिटी बैठकबाट उनी उपमहासचिव भए। उनी अहिले  उपत्यका विशेष प्रदेश कमिटिको इन्चार्ज छन्।

अनन्त २०६४ को संविधानसभा निर्वाचनमा ललितपुर- १ बाट विजयी भएर संसद प्रवेश गरेका हुन्। थियो । २०६७ माघ २३ मा झलनाथ खनाल प्रधानमन्त्री बन्दा उनलाई गृहमन्त्रीको रुपमा प्रस्ताव गरियो तर शान्ति तथा पुनःनिर्माण मन्त्री बनाइयो। गृह प्राप्त नभएपछि दुई महिनापछि उनले शान्ति मन्त्रालय छाडे। २०६८ भदौ ५ गते डा बाबुराम भट्टराईको नेतृत्वमा बनेको सरकारमा  अर्थमन्त्री बने।

उनी त्योबेला अर्थमन्त्री बन्नु धेरैका लागि अनपेक्षित थियो। धेरैको प्रश्न, आलोचना र आशंकालाई मत्थर पार्दै १८ महिना सफलतापूर्वक अर्थ मन्त्रालय सम्हाले। त्यही जगमा उनी अहिले अप्ठ्यारोमा पनि उक्त मन्त्रालयका लागि पत्याइएका हुन्।

अनन्त १८ महिना अर्थमन्त्री बने पनि पूर्ण बजेट ल्याउन भने पाएनन्। उक्त संक्रमणकालमा पूर्ण बजेट ल्याउन नपाउँदा पनि काम गरेर देखाउन सक्छ भन्ने उदाहरण भने पेश गरे।  सरकारी ढिलासुस्तीलाई छिटो छरितो बनाउने, वैदेशिक लगानीलाई एकद्वार प्रणालीबाट ल्याउने कोसिस गरे। नेपालले वैदेशिक ऋण विश्व बैंक र एसि याली विकास बैंकबाटमात्रै लिइरहेकोमा चीन, युरोपियन युनियन, जापान, कुबेती फण्ड, साउदी फण्ड लगायतका नयाँ माध्याम, ठाउँबाट पनि ल्याउन सकिने व्यवस्था गरे।

उनले २१ वटा परियोजनाहरुलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिभाषित गरेर जनशक्तिको व्यवस्थापनदेखि बजेट व्यवस्था गरे। काठमाडौंको सडक विस्तारका लागि बजेट व्यवस्थापन गरे।  बजेट ल्याउन नपाउँदा पनि २२ प्रतिशतभन्दा बढी राजस्व वृद्धि भएको थियो। 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  २०:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
युवा सहभागिता र मुलुकको समृद्धिका लागि राष्ट्रपतिको आह्वान [पूर्णपाठ]
१३ अंक घट्यो सेयर बजार
निराश जनशक्तिबाट कुनै पनि मुलुकको विकास हुँदैन : राष्ट्रपति
सम्बन्धित सामग्री
युवा सहभागिता र मुलुकको समृद्धिका लागि राष्ट्रपतिको आह्वान [पूर्णपाठ] राष्ट्रपति पौडेलले विषम र संवेदनशील अवस्थामा सबैले देखाएको सहयोग र संयमताप्रति आभार व्यक्त गरे । उनले यस पटकको संसद्‌मा युवा पुस्ताक... शुक्रबार, चैत २७, २०८२
निराश जनशक्तिबाट कुनै पनि मुलुकको विकास हुँदैन : राष्ट्रपति शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निर्वाचनमार्फत नयाँ पुस्ता नेपाली राजनीतिमा आकर्... शुक्रबार, चैत २७, २०८२
सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिको सम्बोधन (लाइभ) आज मध्यरात १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य हुन लागेको हो । शुक्रबार, चैत २७, २०८२
ताजा समाचारसबै
युवा सहभागिता र मुलुकको समृद्धिका लागि राष्ट्रपतिको आह्वान [पूर्णपाठ] शुक्रबार, चैत २७, २०८२
१३ अंक घट्यो सेयर बजार शुक्रबार, चैत २७, २०८२
निराश जनशक्तिबाट कुनै पनि मुलुकको विकास हुँदैन : राष्ट्रपति शुक्रबार, चैत २७, २०८२
सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिको सम्बोधन (लाइभ) शुक्रबार, चैत २७, २०८२
नियुक्ति प्रक्रियामा व्यक्तिगत प्रभाव नपार्न सांसदलाई रवि लामिछानेको आग्रह शुक्रबार, चैत २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
रास्वपाले राप्रपालाई गरेको थियो सरस्वती लामालाई उपसभामुख बनाउने प्रस्ताव बिहीबार, चैत २६, २०८२
राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त बिहीबार, चैत २६, २०८२
पूर्वकेन्द्रित बदली : चार जिल्लामा भारी वर्षा बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्