काठमाडौं– धादिङको त्रिशुलीमा भएको बस दुर्घटनामा हराइरहेका पाँच जनाको खोजी कार्य जारी छ। बसमा कति यात्रु थिए अहिलेसम्म यकिन हुन सकेको छैन।
ड्राइभरले जम्मा ४९ भनेकोमा सहचालकले ५१ भनेका छन्। तर चलानी र बिचमा चढेकासहित जम्मा ५२ जना रहेको आशंका गरिएको छ। जसमध्ये ४० जनाको घाइते र सकुशल अवस्थामा उद्धार गरिएको छ।
७ जनाको मृत्यु भएको छ भने हराइ रहेकाका मध्ये ४ पुरुष र १ महिला सहित ५ जना रहेको बुझिएको छ।
उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक मनिष थापाको कमाण्डमा २८ जना, विपद् व्यवस्थापन बेस आदमघाटबाट डिएसपी तुला चौधरीको कमाण्डमा १६ जना र आश्रित गुल्म धादिङबाट ११ जनासहित ५५ जनाको फौज परिचालन भएको छ। जसमा ९ जना गोताखोर र अन्य विपद् व्यवस्थापन तालिम प्राप्त रहेका छन्।
खोजी कार्यको लागि दुईवटा राफ्ट्बोटसमेत प्रयोग गरिएको छ। अहिलेसम्म २ जना मृतकको मात्र सनाखत भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।