काठमाडौं- त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ६ पुगेको छ। मृत्यु हुनेमा १ जना महिला र पाँच जना पुरुष छन्।
दुर्घटनामा परेका ३७ जना यात्रुको जीवित उद्धार गरिएको प्रहरीले जनाएको छ। प्रहरीले उद्धार कार्य जारी राखेको छ।
कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको लु२ख २१२१ बस नम्बरको बस त्रिशुलीमा खसेको थियो।
बेश आदमघाटबाट डीएसपीको कमाण्डमा खटिएको १८ जनाको टोलीले उर्घटनामा परेकाहरुको जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको प्रहरीले जनाएको छ।
उक्त स्थानमा विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टरको कमाण्डमा ६ जना गोताखोर सहित २० जनाको टोली खटिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।