काठमाडौं- धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीस्थित पृथ्वी लोकमार्गबाट त्रिशुली नदीमा बस खस्दा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा परेका ३३ जनाको जीवित उद्धार गरिएको प्रहरीले जनाएको छ।
कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको लु २ ख २१२१ बस नम्बर बस त्रिशुलीमा खसेर दुर्घटना भएको हो।
बेश आदमघाटबाट डीएसपीको कमाण्डमा खटिएको १८ जनाको टोलीले उर्घटनामा परेकाहरुको जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको प्रहरीले जनाएको छ। । उक्त स्थानमा विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टरको कमाण्डमा ६ जना गोताखोर सहित २० जनाको टोली खटिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।