काठमाडौं- नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला नियुक्त भएका छन्। संसदीय दलका नेता केपी शर्मा ओलीले मंगलबार उनलाई प्रमुख सचेतक नियुक्त गरेका हुन्।
यसअघि बर्तौला सचेतक मात्रै थिए। तर प्रमुख सचेतक रहेका पदम गिरी मन्त्री भएपछि रिक्त पदमा बर्तौलालाई नियुक्त गरिएको हो। बर्तौला मकवानपुरबाट निर्वाचित सांसद हुन्।
त्यस्तै, सचेतकमा सुनिता बराल नियुक्त भएकी छिन्। उनी समानुपातिक सांसद हुन्। बर्तौला र बराल दुवै विद्यार्थी राजनीतिबाट उदाएका नेताहरू हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।