काठमाडौं- सशस्त्र प्रहरीले प्रविधिक समूह (स्वास्थ्य) तर्फ २२ जना कर्मचारी माग गरेको छ। सशस्त्र प्रहरी बल प्रधान कार्यालयले शुक्रबार सूचना प्रकाशन गर्दै २२ जना कर्मचारी मागेको हो।
प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) ११ जना, प्राविधिक सशस्त्र प्रहरी बीडीएसमा ३ जना, प्राविधिक सशस्त्र प्रहरी नायब निरीक्षकमा स्टाफ नर्स ५ जना, ल्याब टेक्निसियन २ जना, फिजियोथेरापिस्ट १ जना र २ जना रेडियोग्राफर मागेको हो।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले चैत १८ गतेसम्म दरखास्त बुझाउन सक्नेछन्। दरखास्त दिन व्यक्ति स्वयं उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ।
दरखास्त शुल्क प्राविधिक सशस्त्र प्रहरी निरीक्षका लागि १ हजार २ सय र समावेशी समूहतर्फको दरखास्त दिँदा थप २४० रूपैयाँ लाग्ने सूचनामा जनाइएको छ।
प्राविधिक सशस्त्र प्रही नायब निरीक्षकमा ७ सय रूपैयाँ र समावेशी समूहमा १४० रूपैयाँ थप लाग्नेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।