सोल- दर्जनौं दक्षिण कोरियाली शान्ति कार्यकर्ताहरूले एसियाली देशको संयुक्त राज्य अमेरिकासँग तय गरिएको सैन्य अभ्यासको अन्त्यको लागि नाराबाजी गरेका छन्। उनीहरूले कोरियाली प्रायद्वीप र वरपर तनाव बढाउने काम गरेको भन्दै सैन्य अभ्यास अन्त्य गर्न माग गरेका हुन्।
कार्यकर्ताहरू मध्य सोलस्थित अमेरिकी दूतावासको चोकमा भेला भइ विरोध जनाएका थिए। उनीहरुले ‘हामी शान्ति चाहन्छौं’ र ‘युद्ध निम्त्याउने सबै सैन्य कारबाही र सत्रुता बन्द गर र संवादका माध्यमहरू पुनःस्थापित गर’ भन्ने नारा सहितका ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । साथै ‘युद्ध निम्त्याउने सैन्य कारबाही बन्द गर’ भन्दै नारा लगाएका थिए ।
सियोल र वाशिंगटनले संयुक्त अभ्यास प्रकृतिमा रक्षात्मक भएकोमा जोड दिएका छन्। तर लोकतान्त्रिक जनवादी गणतन्त्र कोरियाले यसलाई उत्तरतर्फको आक्रमणको लागि ड्रेस रिहर्सलको रूपमा निन्दा गरेको छ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपाल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।