काठमाडौं- काठमाडौंका केही ठाउँमा बुधबार विद्युत आपूर्ति बन्द हुने भएको। नेपाल विद्युत महाराजगञ्ज क्षेत्रका केही ठाउँमा विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगतको काम गर्नुपर्ने भएकोले आज ४ घन्टा उक्त क्षेत्रमा विद्युत आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ।
महाराजगञ्जको मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ।
यस्तै, सोही वितरण केन्द्रअन्तर्गत १७ गते गोंगबु, सामाखुसी, टाउन प्लानिङ क्षेत्र, १८ गते चपली घुम्ती चोक र पासिकोट क्षेत्र, १९ गते हेपालीहाइटदेखि धापासी विद्यालय हुँदै दाहाल गौंडासम्मको सेवा ४ घण्टाका लागि बन्द हुने प्राधिकरणले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।