काठमाडौं– कप्तान सुनिल क्षेत्रीको कप्तानीमा भारतले ४–१ गोलले मकाउलाई पराजित गर्दै चौथो पल्ट एएफसी एसिया कप फुटबल प्रतियोगिताका लागि छनोट भएको छ।
एसिया कप २०१९ मा युएईमा आयोजना हुँदैछ। भारतले यो जितसँगै छनोटमा आफ्नो विजयी अभियानलाई जारी राखेको छ। भारतको लगातार चौथो जित थियो।
भारतले अब २४ नोभेम्बरमा म्यानमार र अघिल्लो वर्षको २७ मार्चमा किर्गिस्तानसँग खेल्न बाँकी छ। यी दुबै खेल भारतका लागि औपचारिक मात्र बनेका छन्। यसअघि भारत १९६४, १९८४ र २०११ मा एसिया कपका लागि छनोट भएको थियो।
मकाउसँग जित निकालेको भारतको समूह ए मा १२ अंक रहेको छ। भारतको जितमा राउलिन बोर्जेसले २८ मिनेटमा पहिलो गोल गरेका थिए। कप्तान क्षेत्रीले ६० मिनेटमा दोस्रो गोल गरेका थिए। तेस्रो गोल ७० मिनेटमा आत्मघातीको रुपमा भारतले उपहार पाएको थियो। चौथो गोल ९२ मिनेटमा जेजे लालपेखलुआले गरेका थिए।
मकाउका लागि निकोलस टेराओले ३७ मिनेटमा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।