काठमाडौं- काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले काठमाडौंका ४ वटा अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ। विभागले आइतबार गरेको स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अनुगमनपछि ती अस्पतालको फोहोर संकलनमा रोक लगाइएको हो।
कलंकी क्षेत्रमा रहेका शहीद मेमोरियल अस्पताल र नेपाल नेसनल अस्पताल तथा चाबहिलका दीर्घायु गुरु अस्पताल र ओम अस्पतालको फोहोर संकलनमा रोक लगाइएको ल्याण्डफिल साइट इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिए।
कलंकी क्षेत्रका अस्पतालहरुको गएको शुक्रबार र चाबहिल क्षेत्रका अस्पतालको आज अनुगमन गरिएको थियो। यसअघि महाराजगञ्जमा रहेको कान्ति बाल अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।