कैलाली- नेकपा एमाले कैलाली जिल्ला अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन्। ढुंगानाले दुई सय ८७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी डेजी पाण्डेले दुई सय १८ मत ल्याए। अध्यक्षका अर्का उम्मेदवार दुर्गाप्रसाद जोशीले ६३ मत ल्याए।
उपाध्यक्षमा पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही ५ मतले विजयी भए। उनले एक सय ९३ मत पाउँदा प्रतिद्वन्द्वी दलबहादुर विष्टले एक सय ८८ मत ल्याए।
उपाध्यक्षका अर्का उम्मेदवार विष्णु चौधरीले एक सय ६ मत, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत ल्याए।
सचिवमा पाण्डे प्यानलका ममताप्रसाद चौधरी विजयी भएका छन्। चौधरी दुई सय ४३ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी ढुंगाना प्यानलका विष्णुकुमार चन्दले एक सय ६८ मत मात्रै पाए।
सचिवतर्फ नै दानबहादुर विश्वकर्माले एक सय ४७ मत प्राप्त गरे। उपसचिव (खुला) मा भने ढुंगाना प्यानलका चूडामणि भट्ट विजयी भए।
भट्ट दुई सय ५१ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी भुवन रिजालले एक सय २३ मत ल्याए। अर्का उम्मेदवार नृप खड्काले ९५ र राजु गुरुङले ७१ मत ल्याए।
उपसचिव (महिला) तर्फ गंगाकुमारी चौधरी एक सय ९६ मतसहित विजयी भइन्। उनकी प्रतिद्वन्द्वी शान्तिदेवी सिंहले एक सय ६१, रत्ना कुँवर जोशीले ९४ र अम्बिका विष्टले ९० मत पाए।
५ सय ९१ प्रतिनिधि रहेकामा ५ सय ७७ मत खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।