• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

नेपालगञ्जमा मुशायरा सिउँदै मुस्तफा

64x64
नेपाल लाइभ सोमबार, असोज १, २०७५  ०२:१५
1140x725

फक्र से सदा जिसका उचाँ रहा जिसका रौशन अभी माजी-व-हाल है।
जिसने तौके गुलामीको पहना नही शीर्फ ऐसा मेरा देश नेपाल है।।

नेपालगन्ज हिन्दु, मुस्लिम, बौद्ध, शिख र इसाई धर्मालम्बीहरूको सहर हो। जहा पाँच/सात मिनेट हिँड्दा मन्दिर, मस्जिद, गुम्बा र चर्च भेटिन्छन्।

त्यही सहरको मुटुमा पर्छ त्रिभुवन चोक। चोक नजिकैको एउटा साँघुरो गल्लीमा बस्छन् मुस्तफा अहसन। उनको मुख्य पेसा कपडा सिउने हो। मुस्तफाले कपडाका टुक्रा टुक्रा सिलाएर पोसाक मात्रै बनाउँदैनन्, गीत, गजल र सायरका माध्यमबाट विभिन्न धमालम्बीलाई एकता र मेलमिलापको धागोमा सिँउदै नेपालगन्जलाई सद्भावको सहर बनाउन लागिपरेका छन्। 

२०५३ सालदेखि मुस्तफाले उर्दू भाषामा गजल अर्थात् शायरी लेख्न थालेका हुन्। शायरी लेख्न थालेसँगै उनी समाजमा शान्ति र सद्भाव बढाउने अभियानमा पनि सक्रिय छन्। धर्मका हिसाबले हिन्दु, बौद्ध, शिख वा इसाई धर्मावलम्बीभन्दा भिन्न भए पनि मुस्तफा इद लगायतका आफ्ना प्रमुख चार्डपर्वमा अन्य धर्मावलम्बी साथीलाई घरमा बोलाउँछन्।

हार्दिकतापूर्वक गला मिलाउँछन्। मुस्लिम समुदायमा निक्कै लोकप्रिय रहेका बिरयानी र सेबई जस्ता परिकार खुवाउँछन्। शुभकामना साटासाट गर्छन्। मुस्तफा भन्छन्, ‘चाडबाड भनेकै एक-आपसमा शान्ति, सद्भाव र प्रेम साटासाट गर्ने माध्यम हो।’ उनको सद्भाव साट्ने रहर साहित्य यात्राबाटै सुरु भएको हो। 

झन्डै दुई दशकदेखि उनी यसरी नै आफ्नो पर्वमा अरुलाई सामेल गरेर सद्भाव विस्तार गरिरहेका छन्। उनले ‘सोज-ए-दिल’ गजलसंग्रह प्रकाशित गरेका छन्। ‘सोज-ए-दिल’ गजलसंग्रह हिन्दी र उर्दू दुवै भाषामा लेखिएको सिर्जना हो। 

कुनै समय आफ्नो समुदायबाट गैर-मुस्लिमसँग संगत गरेको आरोप खेपेका अहसनकाे व्यवहारबाट अहिले मुस्लिम समुदाय नै दंग भएको उनले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

मुशायरा अर्थात्, रात्रिकालीन गजल गोष्ठीलाई नेपालगन्जको मौलिक संस्कृति मानिन्छ।

शायर मुस्तफा मुशायरालाई प्रशंसाको संस्कृति भन्न रुचाउँछन्। मुशायराको असली मज्जा भनेकै ‘एकले अर्काको सिर्जना सुन्ने र प्रशंसा गर्दै ‘वाह–वाह’ गरेर रमाउनु हो। सामाजिक सद्भाव र शान्तिका लागि मुशायरा राम्रो माध्यम बनेको छ। विगतमा मधेसी–पहाडी वा हिन्दु–मुस्लिम द्वन्द्व भड्किँदा नेपालगन्जका शायरले मुशायरा मार्फत् शान्ति र सद्भावको सन्देश दिएका थिए। 

उर्दू साहित्यको उर्वरभूमि हो नेपालगन्ज। जहाँ मुस्तफाजस्ता गजलकार(शायर)को समूह साहित्यिक गतिविधिमा सक्रिय छ। मुस्तफा गुलजारे  अदब नामक संस्थामा सक्रिय छन्।

मुस्तफा गुलजारे अदबले हरेक महिना आयोजना गर्ने मशायरा कार्यक्रममा नेपालगन्जको पूरै रंग देखिन्छ।

Xtrem

Xtrem

एउटै कार्यक्रम नेपाली, उर्दू, अवधी, हिन्दी र थारु भाषाका कविता र गजल घन्किन्छन् नेपालगंजमा।  

मातृभाषा उर्दू भए पनि मुस्तफा नेपाली, उर्दू, अवधी, हिन्दी र थारु भाषाका गजललाई निक्कै रोमाञ्चित हुँदै सुन्छन्। वाह ! वाह !! गर्दै अन्य भाषाका सिर्जनालाई उत्तिकै सद्भाव र सम्मान गर्छन्। 

मुस्तफाका अधिकांश रचनामा देशभक्तिको भाव भल्किन्छ। उनका शब्द-शब्दले नेपाल र नेपालीको स्वाभिमानलाई उँचो बनाउन प्रेरित गर्छन्। 

गुलजारे अदबले प्रत्येक महिनाको अन्तिम शनिबार आयोजना गर्ने मुशायरा कार्यक्रम नेपालगन्जको महेन्द्र पुस्तकालय हलमा हुन्छ। स्रष्टालाई हरेक पटक एउटा विषयवस्तु दिइन्छ, त्यसैमा केन्द्रित भएर तयार पारिएका आफ्ना सिर्जना ल्याएर स्रष्टाहरू पुस्तकालयको हलमा पुग्छन्। उर्दू साहित्य-संस्कृतिमा मुशायरा निकै लोकप्रिय कार्यक्रम हो।

साँझबाट सुरु भएर रातभर चल्ने गजल कार्यक्रमलाई उर्दूमा मशायरा भन्ने गरिन्छ।नेपालगन्जमा ०३३ सालदेखि मुशायरा सुरु भएको मानिन्छ। मुशायराले नेपालगन्जका साहित्यिक अनुरागीलाई एकै थलोमा जम्मा हुने र आफ्ना सिर्जना एक अर्कालाई सुनाउने थलो प्रदान गर्दै आएको छ।

कुनैबेला हरेक महिना नेपालगन्जमा भव्य मुशायरा भइरहन्थे। नेपालगन्जको एकलैनीस्थित मुशाफिर खानामा अबेर रातिसम्म ‘वाह–वाह’ गुन्जिन्थ्यो। दशवर्षे सशस्त्र द्वन्द्वका समयमा राति कार्यक्रम गर्न सक्ने अवस्था भएन। त्यतिबेला, साँझ भेला भएर गजल–गोष्ठी कार्यक्रम गरेर साहित्यिक गतिविधिलाई निरन्तरता दिएको मुस्तफा बताउँछन्।

उर्दू भाषामा संस्कृत, फारसी, अरबी लगायत थुप्रै भाषाको मिश्रण हुन्छ। साहित्यको हिसाबले उर्दू भाषा सरल हुन्छ। गीत, गजल, मुक्तक यो भाषामा निकै जम्छन्। त्यसैले अरु भाषाका साहित्यकार पनि उर्दू साहित्यप्रति मोहित हुन्छन्। मुस्तफा  भन्छन्, ‘गजलको जननी नै उर्दू हो, यसको वास्तविक स्वाद उर्दू भाषामा मात्र पाउन सकिन्छ।’

भारतीय सहर लखनउसँग नेपालगञ्जको निकट र सोझो सम्बन्ध छ। लखनउ, बहराइन र नानपाराका शायरहरू नेपालगन्ज आउँछन्। नेपालगन्जका शायरहरू पनि नानपारा, बहराईच हुँदै लखनउसम्म पुग्छन्। सीमावर्ती भारतीय सहरमा आयोजना हुने मुशायरामा पनि नेपाली शायर नेपालगन्जमा हुने मुशायरा कार्यक्रममा भारतीय सायरले थुप्रै वाह–वाही बटुल्छन्।

त्यही सम्बन्धका कारण पनि नेपालगन्जमा उर्दू साहित्य फक्रिएको हो। लखनउ उर्दू भाषा सुन्दर रुपमा बोलिने सहर हो। त्यहाँको प्रभावले समेत नेपालगन्जमा उर्दू साहित्य फस्टाउँदै गएको छ। विभिन्न पेसा–व्यवसायमा आवद्ध साहित्य अनुरागीले व्यक्तिगत आम्दानीको केही अंश खर्चिएर उर्दू साहित्य जगेर्ना गरिरहेका छन्। 

गुल्जारे अदबका सचिव समेत रहेका मुस्ताफा भन्छन्, ‘आर्थिक अभावकै कारण छिमेकी सहरबाट शायरहरूलाई बोलाएर मुशायरा गर्न समस्या छ।  तैपनि अनेकाै‌ं कठिनाई भएपनि मुशायरालाई निरन्तरता दिइरहेका छाैँ।’

नेपाल र भारतबीचको सम्बन्धलाई रोटीबेटी सँगै गजल–मुशायराले पनि जोडेको उनको बुझाइ छ। नेपाल र भारतको सम्बन्धमा आपसी सद्भाव बढाउन मुशायराहरूले थप मलजल गर्दै आएका छन्। नेपाली शायरहरू बहराईच, नानपारा, मुरदावाद, बालापुर, गोण्डासम्म पुगेर माहोल तताउँथे। त्यसैगरी भारतीय शायरहरूले नेपालगन्जको माहोल तताउँदै आएका छन्।

मुशायरा, बहुभाषिक गोष्ठीहरू र समुदायका अरु असल अभ्यासमार्फत् नेपालगन्जलाई मौलिक विविधता र सद्भावको सहर बनाउन सकिने बताउँदै मुस्तफा भन्छन्, ‘संस्कृति र सिर्जनामा समाजलाई एकतामा बाँध्न सक्ने खुबी हुन्छ’।

मुस्तफा भन्छन्, ‘नेपालगन्जको विविधता र सद्भावलाई समृद्ध बनाउनका लागि मुशायरा जस्ता मौलिक सांस्कृतिक गतिविधिहरू निरन्तरता दिन आवश्यक छ।’

प्रकाशित मिति: सोमबार, असोज १, २०७५  ०२:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै
भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन बिहीबार, असोज ८, २०८३
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला बिहीबार, असोज ८, २०८३
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबार, असोज ८, २०८३
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्