काभ्रे- पनौती नगरपालिका वडा नम्बर २ ले बालश्रम निवारण तथा बालविवाह विरुद्धको अभियान सुरु गरेको छ। ‘बालबालिकालाई श्रममा नलगाऔं, बालश्रम मुक्त समाजको निर्माण गरौं’ भन्ने नाराका यो अभियान सुरु गरिएको हो।
यही फागुन ९ गतेबाट सुरु गरिएको बालश्रम विरुद्धको यो अभियानले ‘एक घर, एक मिनेट’ कार्यक्रम चलाइरहेको छ। जसमा वडाका प्रतिनिधिहरुले प्रत्येक घरमा गएर बालश्रमबारे जनचेतना जगाउने गर्छन्।
प्रत्येक घरमा गएर अभिभावकलाई बालकाम र बालश्रमबीचको भिन्नता बुझाउँदै आफ्ना बालबालिकालाई बालश्रममा नलगाउन आग्रह गर्ने गरिएको वडाध्यक्ष पुरुषोत्तम अधिकारीले जानकारी दिए। वडा नम्बर २ लाई छिट्टै बालश्रममुक्त वडा घोषणा गरिने पनि उनले बताए।
यसका साथै बालश्रम निवारणको यही कार्यक्रम अन्तर्गत वडाका प्रतिनिधिहरुले जन्मदर्ताका बारेमा पनि सर्वसाधारणलाई आग्रह गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।