काठमाडौं– गोप्य भिडिओ तथा फोटाहरु पीडित महिलाका आफन्तलाई पठाउँदै चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नुवाकोटको शिशवपुरी गाउँपालिका–४ घर भइ टोखा नगरपालिका–११ बानियाटार बस्दै आएका २७ वर्षीय किरण थापा छन्।
उनलाई माघ ९ गते गोंगबुबाट केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका थापाविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको साइबर ब्यूरोले जनाएको छ।
सम्बन्ध राम्रो हुँदा थापा र एक महिलाबीच गोप्य भिडिओ तथा फोटाहरु साटासाट भएको थियो। सम्बन्ध बिग्रिएपछि ती गोप्य भिडिओ तथा फोटाहरु पीडित महिलाका आफन्तलाई पठाउँदै चरित्र हत्या गरेको पाइएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।