काठमाडौं– मङ्गोलियामा ४९ वर्ष यताकै ठूलो हिमपात भएको छ। जुन १९७५ पछिको सबैभन्दा बढी हिमपात भएको हो।
देशको मौसम विज्ञान र वातावरणीय अनुगमनका लागि राष्ट्रिय एजेन्सी ले मंगलबार हिमपातको रकेर्ड कायम भएको बताएको हो। यस हिउँदमा हालसम्म एशियाली मुलुकमा औसत हिमपात ९.६ मिलिमिटर पुगेको मौसम अनुगमन निकायले जनाएको छ।
मङ्गोलियाका लगभग सबै प्रान्तहरूले भारी हिमपातका कारण यस हिउँदमा चरम मौसम अनुभव गरेको बताएका छन्। देशको ८० प्रतिशत भन्दा बढी भूभाग हिउँले ढाकेको छ।
सोमबारसम्म मंगोलियामा यस हिउँदमा अत्यधिक मौसमका कारण हुने पशुधनको मृत्युको संख्या ६ लाख ६७ हजार ८४१ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।