काठमाडौं- सोमबार बेलुकादेखि वीरगन्जमा लगाइएको कर्फ्यु केही समयका लागि हटाइएको छ।
रौतहटमा भएको झडपको विषयमा हिंसा भड्कन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार बेलुका ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि भन्दै वीरगन्जका केही भागमा कर्फ्यु लगाएको थियो।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सोमबार बेलुका सूचना जारी गर्दै मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यु हटाइएको जानकारी दिएका छन्। १० बजेपछि भने कर्फ्यु यथावत रहने सूचनामा उल्लेख छ।
प्रशासनले वीरगञ्ज महानगरपालिकाको पूर्वमा 'नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरीपुलसम्म कर्फ्यु लाग्ने जनाएको छ। ती क्षेत्रमा आवतजावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ वा र्याली गर्न एवं कुनै पनि प्रकारको उच्छृङ्खल गतिविधि गर्न बन्देज लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।