काठमाडौं– निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष पक्राउ परेका छन्।
निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा उक्त सहकारीका अध्यक्ष हिमाल विक्रम मल्ललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) नवराज अधिकारीले जानकारी दिए।
कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटका सञ्चाहरुले निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरी बृत नयाँबानेश्वरमा गत जेठ २८ मा मुद्दा दर्ता भएको थियो। अध्यक्ष मल्ल फागुन १ मा पक्राउ परेका हुन्।
कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटको सञ्चालक समितिका संचालहरुविरुद्ध अहिलेसम्म ३५० जना निक्षेपकर्ताले जाहेरी दिएको एसपी अधिकारीले नेपाललाइभलाई जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।