काठमाडौं– थाइल्याण्डका पूर्वप्रधानमन्त्री अआत्मनिर्वासनबाट स्वदेश फर्केको ६ महिनापछि आइतबार पेरोलमा रिहा भएका छन्।
थाक्सिन आइतबार स्थानीय समय अनुसार बिहान ६ बजेर ६ मिनेट जाँदा रिहा भएका हुन्। थाइल्याण्डकी प्रधानमन्त्री श्रेथा थाभिसिनले यसअघि थाक्सिनको पेरोलमा रिहाइ कानुनबमोजिम भएको बताइन्।
देशको न्याय मन्त्रालयका अनुसार ७४ वर्षीय पूर्वप्रधानमन्त्री यस महिना पेरोलका लागि स्वीकृत भएका ९३० कैदीमध्ये पर्दछन्। उनी ७० वर्ष नाघेका र गम्भीर रोगबाट पीडित भएकाले उनलाई पेरोलका लागि योग्य ठहर गरिएको छ।
थाक्सिनले आफ्नो १५ वर्ष भन्दा बढीको निर्वासन समाप्त गरी गत वर्ष अगस्टमा थाइल्याण्ड फर्केसँगै हिरासतमा राखिएको थियो। उनलाई ८ वर्षको जेल सजाय तोकिएको थियो।
गत सेप्टेम्बरमा, थाई राजा महा वजिरालोङ्कोर्नले शाही माफीको लागि अनुरोध गरेपछि थाक्सिनको आठ वर्षको जेल सजायलाई एक वर्षमा घटाएको थियो। थाक्सिनले सन् २००१ देखि २००६ सम्म दक्षिणपूर्वी एशियाली देशको प्रधानमन्त्रीको रुपमा काम गरेका थिए र सन् २००८ देखि विदेशमा स्वयं निर्वासनमा थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।