काठमाडौं- विभिन्न विदेशी मुद्रा सहित टर्किस नागरिक ५७ वर्षीय अब्दुल्ला मिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार बिहान पक्राउ परेका छन्।
एयर अरेबियाको उडानद्वारा सारजहाबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा पक्राउ गरिएको हो।
उनको साथबा६ नेपालमा प्रतिबन्धित ५ सय दरका १ सय ९२ थान गरी जम्मा ९६ हजार भारतीय रूपैयाँ, १ सय दरका २३ थान र ५० दरको १ थान गरी जम्मा २ हजार ३ सय ५० अमेरिकी डलर र १० लाख दरका ९ थान र ५ लाख दरका २६ थान गरी जम्मा २ करोड २० लाख इरानी रियाल बरामद गरिएको प्रहरीले जनाएको छ।
उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि बरामद विदेशी मुद्रा सहित राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।