• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

अब इलामका घर-घरमै जन्मदर्ता

64x64
नेपाल लाइभ शुक्रबार, फागुन ४, २०८०  ०७:०४
1140x725

इलाम- सूर्योदय-५ वडा कार्यालयले बिहीबारदेखि बच्चाको जन्मदर्ता घरघरमै पुर्‍याउन सुरु गरेको छ। चेतना अभावका कारण समयमा बच्चाको जन्मदर्ता नगराएपछि विगत दुई वर्षदेखि जन्मदर्ता नबनाएका बालबालिका खोजेर बनाइदिन थालेको उक्त वडाले यस वर्षदेखि जन्मिएको ३५ दिन भित्रमा घरमै जन्मदर्ता पुर्‍याइदिने दिने अभियान थालेको हो।

‘नानी जन्मिने बित्तिकै पहिले सुत्केरी भेट्न वडा स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीहरुको टोली जानुहुन्छ,’ वडाध्यक्ष उर्गेन बम्जनले भने, ‘उहाँहरुले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली २०७७ को अनुसूची १० बमोजिम सूचना फारम भरेर वडालाई उपलब्ध गराउनुहुन्छ। उहाँहरुले आमा र बाबुको विवाह दर्ताको फोटो र बच्चाको फोटो खिच्नुहुन्छ।’ त्यसका आधारमा वडाले जन्मदर्ता तयार गर्ने बम्जनले बताए। उनका अनुसार, जन्मदर्ता जनप्रतिनिधि र कर्मचारीको टोली घरमै पुगेर अभिभावकालाई हस्तान्तरण गरिन्छ। 

वडामा रहेका सात वटा सामुदायिक र दुई वटा संस्थागत विद्यालयमा पुगेर दुई वर्षअघि विद्यार्थीको जन्मदर्ता जाँच गर्दा कतिपयको नभएको पाइएपछि यो विषयलाई वडाले संवेदनशील रुपमा लिइएको बम्जन बताउँछन्।
‘हामीले पहिले स्कुल–स्कुल घुमेर जन्मदर्ता नभएका नानीहरु चेक गर्‍यौँ,’ उनले भने, ‘वडामा सात वटा सामुदायिक र दुई वटा संस्थागत गरी ९ वटा विद्यालय छन्। त्यहाँ बाबुआमालाई सम्पर्क गराएर कानुनी सल्लाह दियौँ। जन्मदर्ता गरायौँ र पनि समस्या समाधान भएन।’ 

Ncell 2
Ncell 2
nimb
nimb

शततिशतको जन्मदर्ता गराउने लक्ष्य लिएको वडाले त्यहाँका तीन वटा खोप केन्द्रमा पनि अनुगमन गरेको थियो। खोप केन्द्रमा खोप हान्दै गरेका नानीहरुको जन्मदर्ता भए–नभएको चेकजाँच गर्दा कतिपयलाई जन्मदर्ता गर्ने समयावधि, कागजी र कानुनी प्रक्रिया नै थाहा नभएको पाइएको बम्जनले बताए।

‘खोप केन्द्रमा पत्ता लागेकाहरुको पनि काम गरियो। त्यो गर्दा पनि समस्या समाधान नभएकाले अब अन्तिम विकल्पका रुपमा यो अभियान सुरु गरेका छौँ,’ उनले भने।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

एकातिर प्रक्रिया र सूचना थाहा नपाउँदा समस्या हुने गरेको छ भने अर्कातिर आवश्यकता भएपछि मात्र चासो दिने समस्या छ। ‘कसैले बालबालिकालाई स्कुल पुर्‍याउने बेलामा मात्र थाहा पाएर गर्छन् त कसैले कुनै कामका लागि ‘डकुमेन्ट्स’ चाहिँदा मात्र गर्छन्,’ वडा सचिव सञ्जय ढुङ्गेलले भने, ‘विशेषगरी चेतनास्तर नै कम भएर हो, जनप्रतिनिधिहरुको फुर्सद नहुँदा हामी आफैँ गएर दिन्छौँ तर राम्रो कामको सुरवात गरिहालौँ भनेर थालिएको हो।’ 

यसअघि जन्मदर्ता गर्न छुटेकाहरुको क्रमशः खोज्दै र अब जन्मनेहरुका लागि ३५ दिन भित्रमा घरमै उपलब्ध गराउने गरिएको अभियानलाई वडाबासीले धन्यवाद दिएका छन्। स्थानीय प्रदीप गिरीले भने, ‘जनताप्रति सचेत र जवाफदेही वडाध्यक्ष पाएका छौँ। नगर कार्यपालिकाकै कान्छो उमेरका हाम्रा अध्यक्ष ऊर्जावान्, सिर्जनशील र रचनात्मक चेत भएको व्यक्ति हुनुहुन्छ।’ देख्दा सामान्य भए पनि यो कार्य उदाहरणीय भएको स्थानीयबासी बताउँछन्।

–रासस

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित
सम्बन्धित सामग्री
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे बुधबार, कात्तिक ११, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ तीनदिने भ्रमण सकेर उनी आइतबार राति नयाँदिल्लीबाट काठमाडौं विमानस्थलमा ओर्लिएका थिए। मंगलबार, कात्तिक १०, २०८३
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार प्रधानमन्त्री बालेन निजामती सेवामा तत्कालै ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेरको प्रावधान लागू गरेर कर्मचारीतन्त्रका माथिल्ला तहका अधिक... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे बुधबार, कात्तिक ११, २०८३
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य मन्त्रालयको चेतावनी : बालबालिका, गर्भवती र सुत्केरीले इनर्जी ड्रिङ्क्स सेवन नगर्नू बुधबार, कात्तिक ११, २०८३
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
किन चलिरहेको छ कर्मचारीमा राजिनामा दिने लहर , साउत यता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्