काठमाडौ- बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले फैसला सुनाएकाे छ।
राजनीतिक नेतृत्वलाई जोगाउने गरी आएको उक्त फैसलामा बिचौलिया, जग्गा खरिदकर्ता र कर्मचारीहरूलाई सजाय सुनाएकाे छ।
विशेष अदालतले पूर्वउपप्रधानमन्त्री विजय गच्छदार तथा पूर्वमन्त्रीहरू छविराज पन्त, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठलाई सफाइ दिएको छ।
तर मालपोत कार्यालय डिल्ली बजार र भूमिसुधार कार्यालयका तत्कालीन कर्मचारीहरू र बिचौलियाहरूलाई भने विशेषले दोषी ठहर गर्दै सजाय सुनाएको छ। विशेषले शोभाकान्त ढकाल, रामकुमार सुवेदी, मिनबहादुर गुरुङसहितलाई दाेषी ठहर गरेकाे छ । उनीहरुलाई कैद र बिगाे तथा जरिवानाकाे फैसला पनि सुनाएकाे छ । विशेषले फैसलाकाे पूर्णपाठ भने सार्वजनिक गरेकाे छैन । हाल ठहर खण्डकाे संक्षिप्त फैसला भने सार्वजनिक भएकाे छ ।
फैसलाकाे संक्षिप्त पाठ

















नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।