• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

महिलालाई मोहरा बनाएर विदेशमा सुन सप्लाइदेखि जग्गा र गाडी खरिद गर्ने भनेर ७ करोड ठगी गर्ने ४ जना पक्राउ

64x64
नेपाल लाइभ बुधबार, फागुन २, २०८०  १४:३३
1140x725

काठमाडौं– विदेशमा सुनका गरगहनाहरु सप्लाइ गर्ने, जग्गा किनबेच गर्ने र गाडी समेत खरिद गर्ने भन्दै व्यवसायीहरुलाई प्रलोभनमा देखाएर ७ करोड भन्दा बढी ठगी गर्ने गिरोह पक्राउ परेको छ। 

उक्ता काममा महिलालाई अघि सारिएको पाइएको छ। पुरुष भन्दा महिलालाई सहजै विश्वास गर्ने भएकाले उनीहरुले महिलालाई मोहरा बनाएको भेटिएको छ। चार जनाको समूहले पोखरादेखि, चितवन, काठमाडौं, भक्तपुरसम्म ठगी गर्ने गरेको खुलेको छ। विश्वासमा पार्नका लागि तीनजना ठगको गिरोहले एकजना महिलालाई समेत सामेल गराएर शृखलाबद्ध रुपमा ठगी गर्दै आएको खुलेको छ। अहिले चारै जनालाई पक्राउ गरी कारबाहीका लागि कास्की, चितवन पठाइएको छ। 

जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठगीमा संलग्न चार जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरुमा काभ्रेको भुम्लु गाउँपालिका–३ घर भइ पोखराको ढुंगेपाटन बस्ने गरेका ३३ वर्षीय कुमार थापा, स्याङ्जाको पुतलीबजार नगरपालिका–४ घर भइ पोखरा बस्ने गरेका ४२ वर्षीय मिना दमै, सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ खनियाखर्क घर भएका ४३ वर्षीय रवीनकुमार थापा र सप्तरीको सप्तकोशी नगरपालिका–६ बोहोच घर भएका ३९ वर्षीय दिलिपकुमार लाभ छन्। 

पक्राउ परेका मध्ये कुमार थापा ठगीको मुख्य नाइके तथा योजनाकार हुन्। उनलाई माघ २८ गते भक्तपुरको कमलबिनायकबाट पक्राउ गरेर जिल्ला प्रहरी कास्कीको जिम्मा लगाइएको छ। उनीविरुद्ध यसअघि बैंकिङ कसुरको मुद्दामा २ करोड बिगो समेत तोकिएको थियो। 

मिना दमैविरुद्ध पनि बैंकिङ कसुर तथा ठगीमा ३ करोड ६५ लाख ५९ हजार बिगो कायम गरिएको छ। उनीविरुद्ध ९ वटा मुद्दा दर्ता भए पनि उनी फरार हुँदै आएकी थिइन्। उनलाई माघ २९ गते भक्तपुरको सल्लाघारीबाट पक्राउ गरी कास्की प्रहरीको जिम्मा लगाइएको छ। 

थापाविरुद्ध २ करोड ६० लाखको बिगो कायम गरिएको छ। उनीविरुद्ध ७ वटा मुद्दा दर्ता भए पनि फरार हुँदै आएका थिए। उनीविरुद्ध भने चितवन प्रहरीमा ठगीको उजुरी परेकाले कारबाहीका लागि चितवन पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए। 

अर्का फरार व्यक्ति दिलिपकुमार लाभलाई सिनामंगलबाट माघ २९ गते पक्राउ गरिएको थियो। उनले ११ लाख बराबरी ठगी गरेको खुलेको छ। पक्राउ परेका चार जना ७ करोड ७७ लाख ५९ हजार बराबरको बिगो कायम गरिएका व्यक्तिहरु रहेको प्रहरीले जनाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सुरुमा कास्की प्रहरीको अनुरोधमा कुमार थापालाई अपराध अनुसन्धान कार्यालटको टोलीले पक्राउ गरेको थियो। उनले सुन व्यवसायीहरुलाई आफू विदेशमा सुनका गरगहना सप्लाई गर्ने व्यक्ति रहेको भन्दै उनीहरुबाट सुन लिएर ठगी गरेका थिए।  

यही ठगी प्रकरणमा जोडिएका अर्का पात्र वीरेन्द्र सुनारविरुद्ध कास्की प्रहरीले २ करोड ठगीको मुद्दा दायर गरेको थियो। सोही घटनामा संलग्न कुमार थापा भने फरार हुँदै आएका थिए। अपराध अनुसन्धानलाई कार्यालयको टोलीले कुमार थापालाई पक्राउ गरेपछि थप तीन जना पक्राउ परेका हुन्। 

यो समूहले विभिन्न विश्वासमा पारेर ठगी गर्ने गरेको खुलेको छ। पोखराका सुनचाँदी पसलमा सुरुमा १० लाखको गहना खरिद गर्ने, दोस्रो पटक २० लाख, तेस्रो पटक ५० लाखको गहना खरिद गरेर विश्वासमा पार्ने र त्यसपछि १ करोड ८० लाखको गहना किनेर चेक दिई हिँड्ने गरेका थियो। तर चेकमा रकम नभएपछि सुन व्यवसायीहरु ठगिदै आएका थिए।

त्यसैगरी भक्तपुरको सुडालमा अरुको नाममा रहेको जग्गा दिलाई दिने भन्दै दिलिप कुमार लाभले बैना समेत गरी ठगी गर्ने गरेको समेत खुलेको छ। निसान किक्स गाडी सञ्चालकबाट २६ रकम लिएर १२ आना जग्गा दिन्छु भन्दै गाडी लिएपछि सम्पर्कबिहिन हुने गरेको खुलेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसैगरी उनीहरुले परिवार अटो प्रालिबाट प्रदेश ०१–०२३–०१४४ नम्बरको निसान गाडी ५४ लाख ५० हजार मूल्य तय गरी लिएर रकम नै नतिरी बेपत्ता भएको समेत खुलेको एसपी रेग्मीले बताए। 

पीडितले प्रहरीमा जाहेरी दिएको थाहा पाएपछि दिलिपकुमारले गाडी भने फिर्ता गरेका थिए।त्यसैगरी चितवनमा जग्गा दिन्छु भनि विभिन्न व्यवसायीहरुलाई जग्गा बैना गर्न लगाइ १ करोड ३६ लाख रुपैयाँ ठगी गरेको समेत पाइएको छ। 

मिना दमैविरुद्ध कास्कीमा ७ वटा ठगीको मुद्दा दायर भएको र चितवनमा २ वटा मुद्दा दायर भएकोमा फरार रहेको खुलेको छ। कुमार थापाले महिलाको नामबाट कारोबार गर्दा थप विश्वास होस् भनेर मिनाको नामबाट कारोबार गर्दै चेक दिने गरेको खुलेको छ।

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १४:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित
सम्बन्धित सामग्री
प्रहरीको ‘स्वीप अपरेसन’ : ९२ जना पक्राउ परिसरका अनुसार पक्राउ परेकामध्ये ८४ जना पुरुष र आठ जना महिला छन्। पक्राउ परेकामा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आशङ्का गरिएक... बुधबार, कात्तिक ११, २०८३
धनुषामा गाँजाको पुरिया बनाई बिक्री गर्ने दुईजना पक्राउ प्रहरीले धनुषाको दुई छुट्टाछुट्टै स्थानबाट गाँजा र बिक्रीका लागि तयार घरमै पारिएका पोकासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। सोमबार, कात्तिक ९, २०८३
गोलबजारमा खैरो हेरोइनजस्तो पदार्थसहित दुई जना पक्राउ लागू औषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन इलाका प्रहरी कार्यालय गोलबजार, सिरहाका प्रहरी निरीक्षक दीपक खरेलको कमान्डमा खटिएको प्र... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे बुधबार, कात्तिक ११, २०८३
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य मन्त्रालयको चेतावनी : बालबालिका, गर्भवती र सुत्केरीले इनर्जी ड्रिङ्क्स सेवन नगर्नू बुधबार, कात्तिक ११, २०८३
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
किन चलिरहेको छ कर्मचारीमा राजिनामा दिने लहर , साउत यता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्