काठमाडौं– बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतका एक अधिकृतलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौँ जिल्ला अदालतका शाखा अधिकृत गोपाल गजमेर रहेका छन्।
गजमेरबाट बलात्कृत भएको भन्दे एक युवतीले जोहरी दिएपछि गजमेरलाई पक्राउ गरिएको ललितपुरका एसपी तथा प्रवक्ता नवराज कार्कीले बताए। तर गजमेर अदालतको कर्मचारी भए÷नभएको आफूलाई जानकारी नभएको एसपी कार्कीले बताए । तर विश्वस्त स्रोतका अनुसार उनी अदालतका कर्मचारी हुन् ।
पक्राउ परेका गजमेरविरुद्ध ५ दिनको म्याद समेत थप भइसकेको छ। उनीविरद्ध माघ २९ गते जाहेरी परेको थियो। जाहेरी परकै दिन उनलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले यस विषयमा यो भन्दा बढी केही पनि बताएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।