काठमाडौं- पाल्पामा यात्रु बाहक जिप दुर्घटना हुँदा मृत्यु हुने १० जनाको पहिचान खुलेको छ। दुर्घटनामा घाइते १६ जनाको उपचार भइरहेको छ।
तिनाउ गाउँपालिका–६ मस्यामको सिखरडाँडा जाँदै गरेको जिप मंगलबार चिदिस लुम्पेकडाँडामा दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा घटनास्थलमा ८ र दुई जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
मृत्यु हुनेमा पाल्पाको तिनाउ गाउँपालिका- ६ मस्याम बस्ने यनकुमारी पन्त, सोही स्थानका रामबहादुर अस्लामी, सोही स्थानकी उर्मिला अस्लामी, बुटवल उपमहानगरपालिका- १४ तामनगरका ७० वर्षीय चन्द्र रणपाल, सोही स्थानका चुना रणपाल, तिनाउ गाउँपालिकका- २ खुर्सानेकी गीता सुनार, पाल्पा रिब्दीकोट गाउँपालिका- १ की विष्युकला कामी, सोही स्थानका दिकुमारी सुनार र रुपन्देही देवदह नगरपालिका- ५ का २९ वर्षीय दिलमाया जीसी रहेको प्रहरीले जनाएको छ।
सिद्धार्थ राजमार्गको डुम्रेबाट सिखरडाँडा जाँदै गरेको लु१ज २३७१ नम्बरको मुस्ताङ जिप चिदिस लुम्पेकडाँडा घुम्ती सडकमा दुर्घटनामा परेको थियो। कच्ची, उकालो र घुम्ती सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।