रामपुर (पाल्पा)- पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमा नै मृत्यु भएको छ। तिनाउ गाउँपालिका–६, चिदीसमा लु १ ज २३७१ नम्बरको जीप मंगलबार साँझ दुर्घटना भएको हो।
जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए।
मृतकको पहिचान खुल्न सकेको छैन भने घाइते भएका १८ जनालाई लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको छ। डुम्रेबाट कुसुमखोलातर्फ गइरहेको जीप मंगलबार साँझ दुर्घटना भएको हो।
-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।