• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर १२, २०८२ Fri, Nov 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार-विश्लेषण

आर्थिक मन्दीको असर: ५० प्रतिशत औषधि कम्पनी बिक्रीमा छन् अहिले

64x64
नेपाल लाइभ मंगलबार, फागुन १, २०८०  ०८:०७
1140x725

अहिलेको आर्थिक मन्दीले सबै क्षेत्रमा प्रभाव पारेको छ। औषधि बजारमा पनि त्यसको असर परेको छ। औषधि त कसैले पनि उधारो खाँदैनन्, बिरामीहरूले घर बन्दीकी राख्लान्, तर औषधि उधारो लिँदैनन् भन्ने प्रश्न आउन सक्छ। वास्तमा यो कुरा साँचो पनि हो। तर बिरामीले उधारो नखाए पनि खुद्रा पसलदेखि स्टोर हुँदै उत्पादकसम्म आउँदा धेरै उधारोहरु बाँकी रहेको हुन्छ।

औषधि उद्योग र आर्थिक कारोबार (क्यास)को फरक बुझ्न सप्लाइ चेन बुझ्नुपर्छ। हामी औषधि बनाउँछौँ। कति उद्योगको औषधि सुपर डिलरलाई जान्छ। सुपरडिलरले औषधि ठाउँठाउँका स्टकिस्टहरूमा दिन्छ। त्यसपछि बल्ल पसलमा गएर बिक्री गरिन्छ। 

धेरै उद्योगको कुरा गर्दा प्रायको स्टकिस्टले लिन्छ, स्टकिस्टबाट रिटेलरमा जान्छ। रिटेलरकहाँ ग्राहकले आएर किन्ने गर्छन्। तर औषधि क्षेत्रको प्रत्यक्ष ग्राहक बिरामी नभइ डाक्टर हुन्। डाक्टरले कुन औषधि प्रेस्काइब गर्छ बिरामीले त्यही अनुसार किन्ने हो। बिरामीले पसलबाट औषधि किन्दा उधारोमा जाँदैन। गाउँघरतिर कतै चिनेजानेको छ भने एकाध स्थानमा होला नत्र बिरामी वा बिरामी पक्षले औषधि नगदमा नै किन्छन्। तर आर्थिक मन्दीका कारण औषधि पसलले बिरामीबाट पाएको पैसा सबै होलसेलर वा स्टकिस्टलाई दिएको छैन। उनीहरुले अन्यत्र तिर्नुपर्ने स्थानमा रकम दिइरहेको वा खर्च गरिरहेको देखिन्छ। अब स्टकिस्टको पनि आफ्नै समस्या छ। जसका कारण सबै रकम कम्पनीमा आउन सकेको देखिँदैन। यहाँ ब्रेक लागेको छ। 

विकसित देशहरूमा औषधि पसल नेपालमा जस्तो छ्याप्छ्याप्ती छैन। प्रणाली बलियो छ। यहाँचाहिँ औषधि पसल नै ३० हजार बढी छन्। यी मध्ये कति त दर्ता भएर सरकारी प्रणालीमा आएका पनि छैनन्। कति नविकरण पनि छैनन्। पसल धेरै हुँदा धेरै सामान धेरै तिर छिरिएको र त्यताबाट बिक्रि भएर पैसा नआएको अवस्था छ। यसका साथै पछिल्लो समय औषधिको कारोबार पनि कम नै छ। 

अहिलेको स्थिति सोचेजस्तो छैन। ६०/६५ करोडभन्दा बढी लगानी गरेको हाम्रो एउटा कम्पनी बिक्री गर्नुपर्ने अवस्थामा छ। चलाउनै सकिएको छैन। खुला सिमाना र यति धेरै औषधि कम्पनी हुँदा अस्वस्थ प्रतिस्पर्धा पनि बढेको छ। हाम्रो मात्र होइन अहिले ५० प्रतिशत जति नेपाली कम्पनी बिक्रीमा छन्। कति साथीहरूले खोलेको फ्याक्ट्री हाल बेच्नुपर्दा लगानी गरेको ३० प्रतिशतमा भ्यालु गर्नुपर्ने भएको छ। त्यति हुँदा पनि कम्पनीहरु सजिलै बिक्री हुन सकेका छैनन् भन्ने गुनासो छ। एक अर्ब लगानी गरेर खोलिएको औषधि उद्योग ३० करोडमा बेच्यो भने के हुन्छ? 

Ncell 2
Ncell 2

हामीले मार्जिनलाई नाफाको रुपमा बुझ्यौं र घरखेत बेचेर पनि उद्योग खोल्यौं। तर यहाँ बुझ्नुपर्ने कुरा के हो भने मार्जिन भनेको नाफा हैन। औषधि उद्योग भनेको हाइटेक उद्योग हो। हिजोको त्यो मेसिन थोत्रो हुन्छ भन्ने कुरा ख्याल गरिएन। रिसर्च एन्ड डेभलप्मेन्ट (आरएन्डी)मा विकास गर्नुपर्ने, उद्योगमा नयाँ प्रविधि भित्र्याउनुपर्नेमा खर्च राखिएन। सिधा नाफा लगेर बाँड्न थालियो। अनि उद्योग थोत्रो हुन थाल्यो, समयअनुसार अपग्रेड गर्न थप लगानी गर्न सकिएन। अनि कसरी लगानी गर्ने?  ५०/६० प्रतिशत कम्पनीका लागनीकर्ताले फुट्टो पैसा पाएका छैनन्।

यहाँ अर्को बुझ्नु पर्ने विषय भनेको भ्यालु एडिसन पनि हो। यो विषय धेरैले बुझेको देखिँदैन। भ्यालु एडिसन भनेको सस्तोमा ल्याएर महंगोमा बनाएको होइन। त्यहाँको जनशक्तिले रोजगार गरेको, बैंकले लगानी गरेर ब्याज लिएको, सरकारलाई कर तिरेको, यहाँको प्रविधिले सिप सिकेको, अनुसन्धान गरेको, बजारको ढुवानी, भण्डारण लगायत सबै कुरा जोडिने विषय हो। तर यहाँ सरकारलेखि केही सञ्चारकर्मीले ६ रुपैयाँमा कच्चा पदार्थ किनेर ३० रुपैयाँमा औषधि बिक्री गर्यो र २४ रुपैयाँ नाफा गर्यो भनेर गलत बुझेको देखियो। वास्तवमा त्यो होइन। ६ रुपैयाँमा कच्चा पदार्थ किनेर नेपाली फर्मासिस्टले तलब पाउने, मार्केटिङको जनशक्तिले तलब पाउने, बैंकले ब्याज पाउने, सरकारले कर पाउने, उद्योगमा नयाँ प्रविधि ल्याउने, अनुसन्धान गर्ने सबै कुरा जोडेर ३० हुने हो। यदि हामीले यी सबै कुरा भएर तयार भएको औषधि ल्यायौं भने त ६ रुपैयाँको स्थानमा ३० रुपैयाँ नै बाहिर गयो। यहाँको रोजगारी गुम्यो। देशलाई थप आर्थिक क्षति भयो नि। जापानले आफ्नो देशमा फलाम नभएकाले विश्वभरीबाट केजीका केजी फलाम सस्तोमा किनेर महँगा गाडी बनाएर भ्यालु एड गरेर धनी भएको भन्ने हामीले पढ्ने गर्थ्यौं। त्यसकारण भ्यालु एडिसनका कुरा बुझ्न जरुरी छ। भ्यालु एडिसन हुने उद्योले मात्र देशको मुहार फेर्न सक्छ।

सरकारबाट पनि औषधि उद्योगीलाई भनेजस्तो आश छैन। सरकारले हामीलाई जसरी सहयोग गर्नुपर्ने थियो त्यो सहयोग गरेको छैन। बंगलादेशमा कुनै पनि उत्पादन दुई वटा कम्पनीले राम्रोसँग गरिरहेको छ भने त्यही उत्पादन बाहिर देशबाट ल्याउन रोक लगाएर उद्योगलाई सहयोग गरिरहेको देखिन्छ। एकैखालका उत्पादन धेरै कम्पनीबाट निकाल्न दिँदैनन्। तर यहाँ त एउटा प्रोडक्ट बनाउन सबै ८० वटा कम्पनीलाई पनि लाइसेन्स दिइएको छ। उदाहरणका लागि प्यान्टाप्राजोल बनाउने भनेर जो-जो आए पनि सबैलाई लाइसेन्स दिइन्छ। यसले पनि बजारमा अस्वस्थ प्रतिस्पर्धा बढाएको छ। 

सरकारले पूर्ण सहयोग गरेर चलाएको उद्योग नेपाल औषधि लिमिटेडको हालतबाट नै बुझ्न सकिन्छ कि औषधि उद्योग र पीडा। जग्गा, जमिन, उपकरण तथा मेसिनरी सेटअप पूरा भएको उद्योगलाई दुई अर्ब सहयोग गर्दा पनि पारासिटामोल र जीवनजल बाहेक देशलाई केही उत्पादन गरेर दिन सकेको छैन। हामीले त्यही भनिरहेका छौं। २०६४ सालमा मूल्य निर्धारण गरेर सरकार मौन छ। समयसापेक्ष रुपमा मूल्य संशोधन गर्नबाट सरकार पन्छिएको छ। उसो त अहिले पारासिटामोलमा १ रुपैयाँबाट २ रुपैयाँ गर्न दिएको छैन। मूल्य बढाउन दिँदै दिँदैन। अहिले उद्योग घाटामा छन्। कच्चा पदार्थको मूल्य २० रुपैयाँ किलो हुँदा तय गरेका मूल्य अहिले १ सय २०  पुगिसके। डलरको भाउ ६५ बाट १ सय ३० भन्दा बढी पुगेको छ। तर हामीले कच्चा पदार्थ केजीको २० रुपैयाँ र डलरको भाउ ६५ हुँदैकै मूल्यमा पारासिटामोल बनाएर बिक्री गर्नुपर्छ। यस्ता धेरै समस्याका कारण नेपाली औषधि बजारमा मन्दी छाएको हो। यसको समाधान तर्फ सरकार गम्भीर हुनैपर्छ। मूल्यबारे हरेक ६/६ महिनामा समीक्षा गर्नुपर्छ र उद्योगलाई न्याय गर्नुपर्छ।

(घिमिरे नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष तथा एशियन फर्मास्युटिकल्स प्रालिका कार्यकारी संचालक हुन्।)

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ०८:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएल : जित्नैपर्ने दबाबमा काठमाडौँले चितवनको र कर्णालीले विराटनगरको सामना गर्दै
मधेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
शेख हसिनालाई २१ वर्षको जेल सजाय
सम्बन्धित सामग्री
नेपथ्य अस्ट्रेलिया शृंखलाको सुरुवात क्यानबेराबाट हलभित्र पस्ने दर्शकमा फाट्टफुट्ट अस्ट्रेलियन अनुहार पनि देखिन्थे । तिनैमध्येकी एक थिइन् लिन्डा ट्रिग । नेपालमा कूटनीतिज्ञका रूपमा ला... मंगलबार, फागुन २०, २०८१
नेपथ्यको नयाँ भिडियोमा ‘हिमाल चुचुरे’ लोकलयमा आधारित यो पुरानो गीतलाई ब्यान्डले त्यतिखेर ‘पप’ शैलीमा ढालेको थियो । अब भने यो गीत ‘लोक रक’मा रूपान्तरित भएर भिडियोमा देखापर... मंगलबार, फागुन १३, २०८१
कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ आजदेखि  कर्णाली उत्सवको पाँचौँ संस्करणसम्म भएका उपलब्धि भनेकै यसलाई चिन्ने र चिनाउने प्रयास हो भन्दै संयोजक लम्सालले नीतिगत सुझाव सङ्कलन तथा... सोमबार, फागुन ५, २०८१
ताजा समाचारसबै
एनपीएल : जित्नैपर्ने दबाबमा काठमाडौँले चितवनको र कर्णालीले विराटनगरको सामना गर्दै शुक्रबार, मंसिर १२, २०८२
मधेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमा आज सुनुवाइ हुँदै शुक्रबार, मंसिर १२, २०८२
शेख हसिनालाई २१ वर्षको जेल सजाय बिहीबार, मंसिर ११, २०८२
कृष्णबहादुर महरा २० लाख धरौटी बुझाएर रिहा बिहीबार, मंसिर ११, २०८२
बीपीएल अक्सनमा सन्दीप लामिछानेसहित ५ खेलाडी सूचीकृत बिहीबार, मंसिर ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आजदेखि एक सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा, के के छन् विशेषता ? बिहीबार, मंसिर ११, २०८२
रवि र छविको मुद्दामा आज पुनः पेशी बिहीबार, मंसिर ११, २०८२
लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले बलिङ गर्ने बिहीबार, मंसिर ११, २०८२
हङकङको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४ जनाको मृत्यु बिहीबार, मंसिर ११, २०८२
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो बिहीबार, मंसिर ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
आलोचनासँगै प्रधानमन्त्रीको सचिवालय २० बाट घटाएर अब जम्मा ६ जनामा सीमित बुधबार, मंसिर १०, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्